तराईमा शितलहरको प्रभाव ।। स्थानिय तहहरु भन्छन दाउरा वितरण गरौँ

कपिलवस्तु २ मंसिर

मंसिर महिनाको अन्त्य सँगै ५ नम्बर प्रदेशका तराईका जिल्लामा बाक्लो हुस्सु र शितलहरको समस्या देखिएको छ । कपिलवस्तु जिल्लामा पनि शितलहरको प्रभाव मंगलबार देखि नै देखिएको हो । मंसिरको पछिल्लो साता सम्म सामान्य रहेको मौसम दुई दिन देखिको बाक्लो हुस्सु सहित शीतलहर लागेपछि यहाँको जनजीवन निकै कष्टकर बनेको छ । आज पनि बिहानै देखि दिनभर शितलहरको प्रभाव रहेको थियो । विशेष गरी तराईका जिल्लाहरुमा पुष र माघ महिना भर शितलहरको समस्याले नागरिकको जनजीवन प्रभावित हुने गर्दछ । पुषको पहिलो साताबाटै बाक्लो हुस्सका कारण सवरी साधनले दिउसै बत्ति बालेर हिडेका छन् । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र मजदुर धेरै समस्यामा परेका छन् ।
यसैबिच यता कपिलवस्तुको वाणगंगा नगरपालिकाको सोमबार बसेको कार्यपालिका बैठकले चिसो बढे सँगै नगरपालिका भित्रका सामुदायिक वनहरुलाई आफ्नो वडा र क्षेत्रमा आवस्यक दाउराको व्यवस्था गर्न आग्रह गरको थियो । विभिन्न वडाहरुमा विपन्न वर्गका परिवारका वालवालिकाहरुलाई न्यानो कपडा वितरणका कार्यक्रम पनि संचालन हुन थालेका छन् । चिसो बढे सँगै जिल्लाका दक्षिणी भेगका नागरिकहरुले दिनभर आगो तापेरै दिन बिताउन थालिसकेका छन् ।
उता दाङसहित पश्चिम तराइमा शितलहरले अध्यधिक चिसो बढेपछि तुलसीपुर उपमहानगरपालिकाले चिसोबाट जोगिनका लागि दाउरा वितरण गर्ने भएको छ । उपमहानगरपालिका विपद व्यवस्थापन समितिले जाडोले सर्वसाधारणहरु कठ्याङ्गरिएको भन्दै विभिन्न सामुदायिक केन्द्रका साथै चोकचोकमा दाउरा वाल्नका लागि वडाहरुलाई निर्देशन दिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...