प्राबिधिक शिक्षाको बिकास आवश्यक छः मन्त्री बराल

वुटवल,पुष २

प्रदेश पाँचका सामाजिक बिकास मन्त्री शुदर्शन बरालले सामुदायिक बिद्यालयहरुको शिक्षाको गुणस्तर बृद्धि गर्न सबै सरोकारवाला पक्ष एकताबद्ध भएर लाग्नुपर्ने बताउनु भएको छ । समग्र रुपमा सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार नभए सम्म देशले मागेको र खोजेको जनशक्तिको बिकास हुन नसक्ने भन्दै मन्त्री बरालले सामुदायिक बिद्यालयहरुले ब्यबहारिक, गुणस्तरीय र सिपयुक्त प्राबिधिक शिक्षाको बिकासमा ध्यान दिनुपर्ने खाँचो औंल्याउनु भयो ।
बुटवल उपमहानगर वडा नम्बर ४ स्थित कान्ति माध्यमिक बिद्यालयको ६६ औं बार्षिक उत्सव समारोह उद्घाटन गर्दै मन्त्री बरालले प्रदेश पाँचलाई बिज्ञान, गणित र प्राबिधिक शिक्षाको बिकास आवश्यक रहेको चर्चा गर्नु भयो । प्रदेश सरकारले बिज्ञान बिषयको नमुना बिद्यालयका रुपमा रुपन्देहीको कान्ति माबिलाई बिकास गर्ने जनाएको छ । झण्डै २० करोड रुपैयाँको समपुरक अनुदान प्रदान गर्ने कार्यक्रम रहेको मन्त्री बरालले जानकारी गराउनुभयो । त्यस्तै बुटवल उपमहानगरपालीकाका प्रमुख शिवराज सुबेदीले उपमहानगरभित्रका सबै बिद्यालयमा शिक्षक र बिद्यार्थीको एउटै डे«स कोड बनाउने योजना रहेको बताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...