यसरी मनायो प्रहरीले कपिलवस्तुमा ६४ औं प्रहरी दिवस ।

वाणगंगा अनलाईन गणेश पोख्रेल

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले ६४ औं प्रहरी दिवसमा विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय कपिलबस्तु अन्र्तगत रहि खेलकुदका क्षेत्रमा सफलता प्राप्त गरे बापत बिभिन्न क्षेत्रका प्रहरी जवानहरुलाई पुरस्कृत समेत गरिएको छ ।


जिल्ला प्रहरी कार्यालय कपिलबस्तु अन्र्तगत रहि राम्रो कार्य गरे बापत ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक सुवास खड्का, वडा प्रहरी कार्यालय चन्द्रौटामा कार्यरत प्रहरी नायब निरिक्षक लिल बहादुर कुवँर, ईलाका प्रहरी कार्यालय पकडीमा कार्यरत प्रहरी सहायक निरिक्षक पराग यादव, ईलाका प्रहरी कार्यालय कृष्णनगरमा कार्यरत प्रहरी हवल्दार धन बहादुर वि.क. र जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा कार्यरत प्रहरी जवान रमेश कुमार बगाले मगरलाई पुरस्कृत गरिएको हो ।

यसै बिच समुदाय प्रहरी सझेदारी कार्यक्रम अन्र्तगतका प्रहरी गतिविधिहरुमा सक्रिय सहभागिता जनाई प्रहरी र समुदायको समन्वय एवम् सहकार्य अभिबृद्धि गर्न प्रशंसनिय भुमिका निर्वाह गरे वापत कपिलबस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदीप पौडेललाई कदर पत्रबाट सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताले, नेपाल प्रहरीले अन्र्तराष्ट्यि स्तरमा आफ्नो छवी कायम गर्न सफल भएको कुनै पनि कार्य गर्दा प्रहरीले आफ्नो विवेक प्रयोग गरी काम गर्नु पर्ने उहाँले बताउनु भएको हो । प्रहरीले राजनीतिक दबावमा नपरी कुनै पनि पार्टीको सिद्धान्तमा नरहि काम गर्नु पर्ने गुप्ताले बताउनु भयो ।उहाँले दोषी नबचुन, निर्दोष नफसुन भन्ने भनाइलाई आत्मसात गर्दै प्रहरीले अपराध अनुसन्धानलाई अघि बढाउनु पर्ने उहाँले बताउनु भएको थियो । कुनै पनि घटनाको अनुसन्धन गर्न जनप्रतिनिधिको महत्वपुर्ण भुमिका रहेको जिल्ला समन्वय समितिका संयोजक नारायण प्रसाद खनालले बताउनु भयो । घटना गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याउनु पर्ने समेत उहाँले बताउनु भएको हो ।


दिवसको अवसरमा बोल्दै जिल्लामा शान्ति सुरक्षा र अपराध हुन नदिन सबैको सहयोग हुनु पर्ने प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताए । प्रहरीले विगतका कमी कमजोरीलाई अत्मसाथ गरेर अघि बढ्नु पर्ने उहाँले बताउनु भयो।
संविधान आफैमा लचिलो भएकोले यसलाई कार्यन्वयन गर्न सवैले लाग्नु पर्ने नेकपाका जिल्ला उपाध्यक्ष बबुराम खनालले बताउनु भएको थियो । संविधानको केही बुंदा बहेक संविधान संशोधन गर्नु पर्ने उनले बताउनु भयो।

नेपाल पत्रकार महाँसघ कपिलवस्तुका जिल्ला शाखा अध्यक्ष डिलाराम भुषालले प्रहरी साझेदारी कार्यक्रम हरेक स्थानीय तहले जनता माझ पुर्याउन आवश्यक रहेको र त्यसबाट प्रहरीलाई अनुसन्धान तथा अपराध न्युनिकरणका क्षेत्रमा सहजता हुने विश्वास व्यक्त गदै पत्रकारकाले अपराधको अनुसन्धानमा बिषयमा सदैब सहयोग पुर्यादै आएको र अवका दिनमा पनि सहयोग सहकार्य गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षता प्रतिनिधि सभा सदस्य एवम् पुर्व मन्त्री बृजेश कुमार गुप्ता, प्रमुख आतिथ्यता जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनाल, बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारु, मायादेवी गांउपालिका अध्यक्ष बजरंगी प्रसाद कुर्मी, शसस्त्र प्रहरी उपरिक्षक जनक पुरी, विभिन्न पार्टीका प्रमुख प्रतिनिधि, नेपाल पत्रकार महासंघका अध्यक्ष डिलाराम भुसाल, बिशिष्ट आथित्यता राजनितिक दलका कार्यालय प्रमुख, पुर्ब प्रहरी कर्मचारीहरु, समाजसेबि, बुद्धिजीवी उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...