वाणगंगा ५ झण्डामा सराय नाच

असोज २४ कपिलवस्तु

वाणगंगा नगरपालिका ५ झण्डा दुर्गा भगवती मन्दिरमा आज सराय नाच सम्पन्न भएको छ । मन्दिरको लागी स्वर्गिय बुवा सुब्दार मानबहादुर कार्कीको सम्झनामा उक्त मन्दिरलाई ६५ हजार बराबरको मुल द्धार सहयोग गर्ने कृष्ण कार्की,उमा कार्की,र आमा इन्द्रकला कार्कीलाई दोसल्ला ओडाएर सम्मान गरिएको छ । मन्दिरमा नवरात्री देखि त्रीयादशी अर्थात आज सम्म अहोरात्र खटिनुहुने माधव प्रसाद पोख्रेल र पुजारी शंकर पोख्रेललाई पनि सम्मान गरिएको छ । साथै आज सम्म उक्त मन्दिरलाई साथ र सहयोग प्रदान गर्ने सम्पूर्ण भक्तजनहरुलाई धन्यवाद व्यक्त गरिएको थियो । सो कार्यक्रममा सयांै भक्तजनहरुको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...