पुष १५ देखि समाजवादी पार्टी प्रशिक्षण अभियानमा जाँदै

वाणगंगा अनलाईन, पुष ५, काठ्माडौँ

समाजबादी पार्टीको नेपालको केन्द्रीय स्कुल तथा प्रशिक्षण बिभाग को प्रथम बैठक सम्पन्न भएको छ । पार्टीका स्कूल विभागका अध्यक्ष हेमराज राईको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बसेको बैठकले पार्टीका नेता तथा कार्यक्रताहरुका बिचमा संमाजवादी क्रान्तिको मर्म र वर्तमान परिस्थतिमा पार्टीको सांगठनिक सुदृढिकरणको काममा केन्द्रित हुन विभागका सदस्यहरुलाई निर्देशित गरको छ ।

बैठकमा पार्टीका सह अध्यक्ष राजेन्द्र श्रेष्ठको विशेष उपस्थितिमा स्कूल बिभागका उप प्रमुख डम्बर खतिवडा लगाएतको उपस्थिति रहेको थियो । समाजवादी पार्टीको यस अघि बसेको पदाधिकारी बैठकले १५ सदस्य स्कुलिङ्ग तथा प्रशिक्षण बिभागको गठन गरेको थियो । प्रदेश ५ बाट केन्द्रिय सदस्य समेत रहेका नारायण खनाल र मनिकर कार्की स्कूल विभागको सदस्यमा रहेका छन् । त्यस्तै पार्टीले स्कूल विभगको सदस्यमा संजय सिंह, पदम अधिकारी, रेवन्त झा, राधा तिमिल्सीना कमला हेमचुरी, थामाङ सिंह एम्फु, तुलनारायण शाह, मुकम नेम्वाङ, सुरेन्द्रमान शाक्य, धनबहादुर तामाङ र ज्योती दनुवार रहेका छन् ।

सम्पन्न बैठकले ५ नम्बर प्रदेशका १२ वटै जिल्लाका सहितका ७ वटै प्रदेशमा पार्टी कार्यक्रताहरुका बिचमा पुष १५ देखि माघ १५ सम्म प्रशिक्षण तथा संगठन विस्तारका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको स्कूल विभागका सदस्य नारायण खनालले जानकारी दिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...