शुद्धोधन मा.वि मा शिक्षक बिदाई र स्वागत

वाणगंगा अनलाईन, पुस ८ भलवाड

विद्यालय शान्ती क्षेत्र हो , यसमा राजनैतिक हस्तक्षेप बन्द गरी शान्त वातावरण कायम गर्न सकेको खण्डमा विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय हुने कुरामा प्रमुख अथिति बेल्वासेले जोड दिनुभएको हो ।
वाणगंगा नगरपालिका ९ स्थित शुद्धोदन जन जिवन माध्यामिक विद्यालय वाणगंगा ९ जिनुवाले खेल सप्ताहको समापन सगैँ शिक्षकको विदाई तथा स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । करिव विद्यालयमा १० वर्ष सम्म शिक्षण गराउनु भएका शिक्षक भोजराज आचार्य , मलहु थारु , सरुवा भई जानुभएकी शिक्षिका शुसिला पौडेल तथा विद्यालय छाड्नु भएकी शिक्षका मेदन रायमाझीलाई विदाई गरे सगैँ नव आन्तुक शिक्षक रेशम गिरी तथा शिक्षिका गिता के।सिलाई विद्यालयमा स्वागत गरिएको हो भने नव नियुक्त प्र।अ अनिता कडेललाई स्वागत गदैँ सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो साथै कार्यक्रममा पुस २ गतेदेखि जारी खेल सप्ताहको आज एक भव्य कार्यक्रमको विच समापन गरेको हो । समापन गदैँ खेल प्रतियोगिता संयोजक शिक्षकहरुलाई प्रशंसा पत्र वितरण गरिएको हो । विद्यालय शान्ती क्षेत्र हो , यसमा राजनैतिक हस्तक्षेप बन्द गरी शान्त वातावरण कायम गर्न सकेको खण्डमा विद्यालय जिल्लाकै उत्कृष्ट विद्यालय हुने , कुरामा प्रमुख अथिति बेल्वासेले जोड दिनुभएको हो । कार्यक्रममा राजनैतिक दल प्रमुखहरु , शिक्षक अभिभावक संघका अध्यक्ष लगायतले पुर्व शिक्षक भोजराज आचार्यले शुभकामना शव्दहरु दिनुभएको थियो ।
। विद्यालयको प्र।अ अनिता कडेलको अध्यक्षता रहेको कार्यक्रममा वाणगंगा ९ का वडा अध्यक्ष धुव्र बेल्वासेको प्रमुख आथितियता रहेको कार्यक्रममा राजनैतिक दल प्रमुखहरुको विशिष्ट आथितियता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको सदस्यहरु , अभिभावक संघका अध्यक्ष लगायतको आथितियता रहेको कार्यक्रममामा शिक्षिका रामप्यारी पौडेलको सञ्चालनमा सम्पन्न भएको हो

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...