खुसीरामको जीवनको खुसी : तरकारी खेती

दाङ, असोज २४ 

तुलसीपुर उपमहानगरपालिका–१२ कचिला निवासी खुसीराम चौधरीले कृर्षि उधमशिलतालाई जोडेर अगाडि बढिरहेका छन् । तुलसीपुर उपमहानगर चौधरीले दाङको तुलसीपुर–१२ कचिलामा करीब एक बिगाहा क्षेत्रफलमा तरकारी खेती गर्दै आउन ुभएको छ । उहाँले गोलभेंडा, आलु, प्याजलगायत अन्य तरकारी खेती गरेका छन् । सिँचाइको पनि राम्रो व्यवस्था रहेकाले कचिला क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने गरेको उहाँले बताउनुभयो । उहाँ चार वर्षदेखि तरकारी खेतीमा व्यस्त रहनु भएको छ ।

खुसीरामले वार्षिक करीब रु १५र१६ लाख तरकारी खेतीबाट आम्दानी गर्दै आउनुभएको छ । उहाँले अहिले एक याममा तीनरचार लाख आम्दानी गर्ने गरेको बताएउनु भयो । अहिले आलु ६, टमाटर पाँच र प्याज, खुर्सानी लगायत अन्य तरकारी तीन कट्ठामा खेती गर्नु भएको छ । आफू पनि उद्यमशील बन्न नसकेसम्म समृद्धिका भाषणले मात्र सार्थकता नपाउने उहाँको भनाइ छ ।

“हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौं”, उहाँले भन्नुभयो, “तर भाषणले मात्रै समृद्ध बनाउन नसकिने भन्दै त्यसका लागि आफै पनि उद्यममा जोडिनु पर्छ ।” उहाँले राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य हुनुपर्ने भन्दै राजनीतिकर्मीले पनि आमनागरिक जस्तै गरी जीवनयापन गर्नुपर्ने बताउनु भयो । परिवार चलाउन तरकारी खेती गर्नुभएका उहाँले मुलुकलाई समृद्ध बनाउन राजनीतिलाई पनि सँगसँगै अगाडि बढाएको बताउनु भयो ।

शिक्षक बन्ने रहर , बाध्यताले राजनीति

विद्यार्थीकालमा निकै मिहेनती खुसीरामको शिक्षक बन्ने निकै धोको भए पनि उहाँलाई समय र परिस्थितिले राजनीतिमा ल्यायो । “म निकै मिहेनत गर्थे, मैले ९ र १० मा अत्तिरिक्त गणित विषय लिएर पढेँ”, उहाँले भन्नुभयो, “मेरो धोको सक्षम शिक्षक बन्ने पनि थियो ।” उहाँले दश जोड दुई पढ्दै गर्दा परिस्थितिले अर्कैै घुम्ती लियो र अहिले सक्षम राजनीतिकर्मीमा ल्याई र्पुयायो । उहाँले अहिले राजनीतिक शास्त्रमा डिप्लोमा गर्नुभएको छ ।

कृषिलाई पनि आधुनिकीकरण, व्यवसायीकरण नगर्दासम्म आर्थिक समृद्धिको कल्पना गर्न नसकिने उहाँको भनाइ छ । “हामी समृद्धिका नारा त लगाउँछौँ”, उहाँले भन्नुभयो, “मुलुकलाई समृद्ध बनाउन कृषिलाई पनि व्यावसायिक र आधुनिकीकरण गर्नुपर्छ ।” कृषिलाई माया गर्ने उहाँ पछिल्लो समय खेतीयोग्य जमीनमा धमाधम घर बन्दै गएकामा चिन्तित हुनुहुन्छ ।

स्थानीयस्तरमा विकासको ढोका खोल्न र व्यापक रोजगारी तथा उद्यमशीलता विकास गर्नका निम्ति कृषि क्षेत्रबाट राम्रो सम्भावना भएको उहाँले बताउनुभयो। उहाँले व्यावसायिक रुपमा कृषि पेशा अँगालेका कृषकलाई राज्यले उचित साथ, सहयोग तथा सम्मान दिनुपर्ने समेत बताउनुभयो । कृषियोग्य जमीनको संरक्षण र व्यवस्थित बस्ती विकासका लागि अगाडि बढ्नुपर्नेसमेत उहाँको भनाइ छ ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...