बुधबार सार्वजनिक विदा ? : अधिकृत जि.सी

वाणगंगा अनलाईन पुष ८ कपिलवस्तु

क्रिसमस डे का लागि सरकारले विदा दिएको विषयमा सवत्र समाचार आईरहेका बेला कपिलवस्तु जिल्लाको वाणगंंगा नगरपालिमा भने भोली विदा नभएको जनाइएको छ । वाणगंगा नगरपालिकका शिक्षा अधिकृत खिम बहादुर जि.सिले बुधाबर सार्वजनिक विदा नरहेको तर बिहिबार भने हुने संभावना रहेको जनाउनुभयो ।

इसाई धर्मावलम्बीहरुले भोलि आफ्नो पर्व क्रिसमस डे मनाउँदैछन् । सोहि विषयलाई लिएर केहि संचारमाध्यमबाट सार्वजनिक विदाको समाचार आईरहेका बेला अधिकृत जिसीले आफ्नो फेसबुक स्टाटस मार्फत लेख्नुभएको छ, “भोलीको विदा भन्ने हल्ला व्यापक आयो सम्बन्धित धर्म मान्ने बाहेक अन्य धर्मालम्वीहरुका लागि छैन भ्रममा कोही नपरौ।तर पर्सि सूर्य ग्रहणको भने हुने प्रवल सम्भावना छ । सवैमा चेतना भया ।”
विश्वभर रहेका इसाई धर्मावलम्बीहरुले बुधबार क्रिसमस डे धुमधामका साथ मनाउँदैछन् । क्रिसमस डेको अवसरमा नेपाल सरकारले इसाई धर्मावलम्बीहरुलाई सार्वजनिक विदा दिएको समाचार सवत्र आईरहे पनि कपिलवस्तुको वाणगंगा नगरपालिकामा भने बिदा नभएको जनाइएको हो । पछिल्लो समय सरकारले विदा कटौती गरे सँगै नागरिकमा अन्यौल्ता समेत थपिएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...