फुलबारी सामुदायिक वनद्धारा लागुऔषध तथा घरेलु हिंसा विरुद्ध गोष्ठि

पुष ९ मोतिपुर

पछिल्लो समय लागुऔषध सेवन र यसको अवैध कारोवारमा बृद्धि भईरहेका बेला कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ स्थ्ति फुलबारी सामुदायिक वन उपभोक्ता समूहले १ दिने लागुऔषध तथा घरेलु हिंसा विरुद्धको गोष्ठि सम्पन्न गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष शेषकान्त बेल्वासेको अध्यक्षता रहेको कार्यक्रममा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक आयुष जोसी, सव डिभिजन वन कार्यालयका सहायक अधिकृत ख्वालापाला गौतम, फरेष्टर विष्णु थारु, नगरकार्यपालिका सदस्य सावित्रा थारु, जनज्योति मावि मोतिपुरका प्राधानाध्यापक विष्णु प्रसाद भण्डारी, टोल संयोजक टोपबहादुर थापा, प्रदिप क्षेत्री लगाएतको आतिथ्यता रहेको थियो ।
गोष्ठीमा समुदायमा हुने घरेलु हिंसा र त्यसले परिवारमा पार्नै समस्याका विषयमा सहभागिहरुलाई प्रशिक्षण दिइएको अध्यक्ष बेल्वासेले बताउनुभयो । पछिल्लो समय कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा लागुऔषध कारोवार हुने र त्यसको वनकर्ताहरुको समेत संख्या ठूलो भएका कारण सामाजिक सद्भाव नै विग्रने खतरा बढेको प्रहरी निरिक्षक जोसिले बताउनुभयो ।

यसबाट बच्न र घरेलु हिंसा न्युनिकरणका लागि स्थानिय संघ संस्थाका साथै सबै तह र क्षेत्रका नागरिकहरु अभियानका साथ लागेमा सामाजिक सद्भावलाई विकास गर्न सकिने पनि बताउनुभयो ।
कार्यक्रममा वनका उपाध्यक्ष जयलाल गिरीको स्वागत मन्तव्य तथा सचिव मिना थापा क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

गोष्ठीमा जनज्योती मावि मोतिपुरबाट २० जना तथा वडा नम्बर ७ का प्रत्येक टोलहरुबाट १०÷१० जना गरी कुल १ सय ५० बढिको सहभागिता रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...