संविधानमा नेपालको नक्शा खोई ? : सिपी गजुरेल

नवलपुर, ११ पुस ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले नेपालको संविधानमा नेपाली नक्शा नराख्नु कस्तो संविधान बनाएको भनेर टिप्पणी गरेका छन् ।

उनले आफ्नो देशको मुल कानुन संविधानमा नेपालकै नक्शा नहुनु अर्थात नेपालको नक्सा बनाएर संविधानमा राख्न नसक्नुले नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा कावासोतीमा शुक्रबार भएको राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

नेकपा क्रान्तिकारी माओवादीका नेता समेत रहेको गजुरेलले राष्ट्रियताको रक्षाका लागि लाखौं देशभक्त नेपालीहरु आन्दोलिन हुनु पर्ने बेला आएको बताए ।

केपी ओली नेतृत्वको सरकारको राष्ट्रियता कालापानीमा गएर लम्पसार परेको भन्दै नेकपा क्रान्तिकारी माओवादी स्थायी कमिटि सदस्य समेत रहेको गजुरेलले सिमा रक्षाका लागि आफूहरुको आन्दोलनमा सरकारलाई पनि सँगसँगै लैजान चाहेको बताए ।

कार्यक्रममा नेकपा नवलपुरका जिल्ला सचिव मित्रशरण शर्मा, नेपाली काँग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरे, समाजवादी पार्टीका केन्द्रिय सदस्य रुद्र गुरुङ, राष्ट्रिय जनमोर्चा नेपालका राष्ट्रिय परिषद सदस्य चन्द्र सापकोटा, राष्ट्रिय जनमुक्ति पार्टी नवलपुरका जिल्ला संगठन सचिव सत्रुघन थापा, क्रान्तिकारी पत्रकार महासंघका कोषाध्यक्ष रवि पाण्डे, नेपाल पत्रकार महासंघ नवलपुरका सहसचिव विष्णु गौडेल, प्रेस युनियन नवलपुरका सचिव खगराज सापकोटा लगायतले बोलेका थिए ।

शुक्रबार नै नवलपुरका देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरको आयोजनामा राजतीतिक प्रशिक्षण भएको थियो । प्रशिक्षणमा अध्यक्ष गजुरेलले प्रशिक्षण दिएका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...