शुद्धोधन माविको अस्तव्यस्त स्थिति प्रति चार राजनैतिक दलको संयुक्त आपत्ति

वाणगंगा अनलाईन, पुष १२, भलवाड

झण्डै दुई वर्ष देखि कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित जिनुवामा रहेको शुद्धोधन जन जीवन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अपूर्ण अवस्थाबाटै गुज्रिरहेको छ ।

लामो समय सम्म पनि विद्यालय व्यवस्थापन समिति गठनमा कुनै पनि पक्षबाट चासो र पहल देखाउन नसकेको भन्दै वडा नम्बर ९ मा रहेका विभिन्न राजनैतिक दलहरुले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराएका छन् । भलवाडमा रहेका मुख्य राजनैतिक दलहरु नेपाली कागं्रेस, समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले विद्यालयक शिक्षक अभिभावक संघका अध्यक्ष कुन्तामणी भुसाल समक्ष सो ज्ञापनपत्र पेश गरेका हुन ।
विद्यालय व्यवस्थापन समितिको पूर्णताका लागि यति लामो समय वितिसक्दा पनि पूर्णता नपाउनु र यसको नेतृत्व समेत नभएकोले उच्च प्रकारको मनोवल र नैतिक अधिकार सहित उत्साहका साथ दैनिक कार्य गराउन कठिन परिहरहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । त्यस्तै पत्रमा भनिएको छ, ‘‘यस प्रकारको स्थिति लामो समय सम्म रहिरहँदा विद्यँलयमा कार्यरत प्र.अ. र सम्पूर्ण शिक्षक र कर्मचारीमा समेत त्यसको प्रत्यक्ष अप्रत्यक्ष असर गर्दछ र उच्च प्रकारको मनोवल र नैतिक अधिकार उत्साहका साथ पठनपाठनमा बाधा पुग्दछ भन्ने कुरामा सजग रहन आवस्यक छ ।”
पुष ११ गते बसेको चार राजनैतिक दलको संयुक्त बैठकले विद्यालय व्यवस्थापन समिति गठनलाई पूर्णता दिन र सर्वसम्मत यसको नेतृत्व चयन गर्न समेत अपिल गरको छ ।
हाल सम्म विद्यालय व्यवस्थापन समितिको पूर्णताका लागि अभिभावकबाट चारजना मनोनयन भएका छन भने थप दुई जनाको अझै टुङ्गो लागेको छैन । त्यस्तै शिक्षक प्रतिनिधिको विषय पनि ओझेलमा परिरहेको शिक्षक अभिभावक संघका अध्यक्ष कुन्तामणी भुसालले बताए । विभिन्न कारणले विद्यालयको शैक्षिक गुणस्तरियतामा प्रभाव पारिरहेको बताउँदै उनले मुख्य कारण रजनैतिक कारण नै चुनौँतिको विषय बनिरहेको बताए ।
हाल विद्यालयको व्यवस्थापन समितिको नेतृत्व नहुँदा वडा अध्यक्ष धुव्र वेल्वासेको अध्यक्षतामा विभिन्न महत्वपूर्ण निर्णयहरु हुनेगरेका छन् । उता नेपाली कागं्रेस वडा कार्यसमितिका सभापति दिपक थापाले भने वडा अध्यक्षले अवस्यक पहल गर्न नसक्दा समितिले अहिले सम्म पनि पूर्णता पाउन नसकेको उल्लेख गरेका छन् । थापाका अनुसार शिक्षक अभिभावक संघले नेतृत्व पाउने तर व्यवस्थापन समितिले पूर्णता नपाउने विषय गम्भिर बनिरहेको छ । वडा अध्यक्षले पहल लिनुपर्ने ठाउँमा कुनैपनि पहल लिन नसेकेको समेत थापाले आरोप लगाए । उनले विगत दुई वर्ष देखि समिति गठनका लागि अफूहरुले धेरै पहल गरे पनि कुनै वास्ता नगरी मनोमानी ढङ्गले विद्यालयमा आफ्नो वर्चश्व जमाउने नियतले विद्यार्थीको भविष्य माथि प्रहार भईरहेको पत्रि आक्रोश व्यक्त गरे ।
विभिन्न समयमा विभिन्न विषयमा शुद्धोधन जन जीवन माविको चौतर्फि आलोचना भईरहेका समाचार लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक सहितिका विभिन्न मिडियाबाट आईरहेको बेला पनि विद्यालय प्रशासन र व्यवस्थापकिय पक्ष गम्भिर नबन्नुले विद्यालयको शैक्षिक गुणस्तरियतामाथि पनि प्रश्न उठाईरहेको जानकारहरु बताउँछन् ।
सामुदायिक विद्यालय अन्र्तगत वडा नम्बर ९ को एक मात्र माध्यमिक तहको विद्यालय रहेर पनि सामुदायिक शिक्षाको गुणस्तरियतामा गम्भिर प्रश्न समेत उठेको छ । हाल शुद्धोधन जन जीवन माविमा बालविकास कक्षा देखि कक्षा १२ सम्म कुल ५ सय ६० विद्यार्थीले अध्ययन गर्ने गरेका छन् । विद्यालयमा हाल कार्यालय सहयोगी समेत नहुँदा दैनिक कामकाज संचालनमा अफ्ठेरो परेको विद्यालयका एक शिक्षकले बताए । कार्यलय सहयोगीको नियुक्तिको लागि हाल कार्यविधि पास भई वडा कार्यालयमा पेश भई सकेको हँदा अब केहि समयमै सो समस्या सामाधान हुने प्रधानाध्यापक अनिता कडेँलले बताइन् ।
विद्यालयको दैनिक कार्यसम्पादन प्रति विद्यालयकै शिक्षकहरु सन्तुष्ट छैनन भने विद्यालयको व्यवस्थापकिय पक्ष नेतृत्व बिहिन हुँदा विद्यार्थीहरुको भविष्य माथि नै अन्यौल्ता थापिएको छ ।
उच्च प्रकारको मनोवल र नैतिक अधिकार नभएको टिमले उत्साह र उमङ्गका साथ मुक्त दिमागले आफू भित्रको अन्र्तनिहित सृजना प्रस्फुटन गर्न नसक्ने संयुक्त राजनैतिक दलहरुको समुहले पेश गरेको ध्यानाकर्षण पत्रमार्फत उल्लेख गरिएको छ । सो पत्रमामार्फत विद्यालय व्यवस्थापन समितिको थप दई जना सदस्यहरुको मनोनयन गर्दा चार राजनैतिक दलहरुको तर्फबाट वडाका समाजसेवी राजु खड्का र देवकाला खनाललाई मनोनयन गर्न पनि अनुरोध गरेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...