अत्याधिक चिसो र शितलहरका कारण यशोधरा गाउँपालिकाका विद्यालय १० दिन बन्द

पुष १३ कपिलवस्तु

केहि साता देखि अत्याधिक बढेको चिसो र लगातारको शितलहरका कारण कपिलवस्तुको यशोधरा गाउँपालिकाले जाडो विदाको घोषणा गरेको छ ।

विशेष गरी विद्यालय उमेरका वालवालिकाहरुमा चिसोको कारण विद्यालय समयमा प्रतिकुल असर परेको छ । केहि दिनको चिसो र सितलहरका कारण कपिलवस्तुका प्राय सबै स्थानिय तहका नागरिकहरु र वालवालिकाहरु प्रभावित भएका छन् । यशोधरा गाउँपालिका अन्र्तगतका विभिन्न विद्यालयहरुबाट समेत चिसोका कारण समस्या उत्पन्न भएको भनि विदाको माग भई आएको हुँदा सोमबार आर्थात भोली देखि पुष २८ गते सम्म विद्यालयहरुमा विदाको निर्णय गरिएको गाउँपालिकका अध्यक्ष गृजेशकुमार पाण्डेयले बताउनुभयो ।

पुष १४ गते देखि २८ गते सम्म १० दिनका लागि जाडो विदाको निर्णय गरिएको गाउँपालिकाका प्रमूख प्रशासकिय अधिकृत रविन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो । केहि दिन देखि अत्याधिक बढेको चिसोका कारण पश्चिम तराईका जिल्लाहरुका नागरिकहरुको दैनिक कार्यसम्पादनमा समेत प्रतिकुल असर पारेको छ । विशेष गरी वालवालिका र वृद्धबृद्धा र विद्यालय उमेरका विद्यार्थीहरु मारमा परेका छन् । कपिलवस्तु जिल्लाका सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधारको अवस्था समेत जाडो छल्न नसक्ने अवस्थामा रहेका कारण पनि विशेष गरी विद्यालय समयमा विद्यार्थीहरु बढि चिसोको जोखिममा पर्ने गरेका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...