आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु, एक जना घाइते

पुस १४,

प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा जलेर एकजना वृद्धाको ज्यान गएको छ ।

त्यस्तै आगो ताप्ने क्रममा एक जना वृद्धा घाइते भएकी छिन् । घरमा आगो ताप्ने क्रममा जलेर घाइते भएकी वडा नम्बर ७ की ७० वर्षीया सोनादेवी साहको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने क्रममा आइतबार बेलुकी ज्यान गएको हो ।

घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । चिसो बढेका कारण बाराका दलित र मुसहर बस्तीका बासिन्दा धेरै प्रभावित भएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...