होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ भ्रमण वर्षको तयारीमा

पुष १५ कपिलवस्तु

भ्रमण वर्ष २०२० लाई सफल बनाउने र कपिलवस्तुमा विशेष योजना सँगै लाग्ने उद्देश्यका साथ होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ कपिलवस्तुले आज एक वनभोज कार्यक्रम गरी रणनिति तय गरेको छ । भ्रमण वर्षलाई सफल बनाउन होटल व्यवसायी संघ कपिलवस्तुले कल्चर फेस्टिबल मनाउने जनाएको छ । त्यस्तै व्यवसायीहरुका समस्या निराकरणका लागि पहल गर्दै आगामी रणनिति पनि तय गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष गोपाल बहादुर खत्रीको अध्यक्षता तथा प्रदेश सांसद विष्णु पन्थीको प्रमूख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा वाणग्ांगा नगरपालिका मेयर मंगल प्रसाद थारु, उप प्रमूख चक्रपाणी अर्याल, वडा अध्यक्ष विष्णु गिरी, लगाएत , नागरिक समाजका अध्यक्ष दोलख पछाई, उपभोक्ता हित संरक्षण समितिका जिल्ला अध्यक्ष भेषराज पाण्डे, पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषाल सहितको उपस्थिति रहेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...