चिसो बढेसंगै सुपादेउरालीमा भक्तजनको कमी

अर्घाखाँची पुस १५

अर्घाखाँची जिल्लाको ऐतिहासिक एवम सुन्दर पर्यटकिय धार्मिक स्थल सुपा देउराली मन्दिरको अवलोकन भ्रमण र दर्शनका लागी आउने पर्यटकहरुको सङ्ख्यामा कमी आएको छ । चिसो मौसम सुरु भएसगै मन्दिर दर्शनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको सन्ख्यामा कमि आएको हो । पौष महिना लागेपछि तराई, पहाड तथा हिमाली जिल्लाहरु संगै देशभर अत्यधिक चिसो बढेको छ । चिसोबढे संगै अवलोकन भम्रण तथा मन्दिर दर्शनको लागी आउने भक्तजनहरुको पछिल्लो समयमा कमि देखिएको हो । चिसो महिनाको समयमा प्राय ः नरपानी देखि घुम्ती सम्म तुसारो पर्ने र बाटो चिप्लो हुनाले सवारी चलाउन समेत गाह्रो पर्ने गरेको सवारी चालकहरुले बताउने गर्दछन् । विहान तथा रातीको समयमा तुषारो परी धेरै नै चिप्लो बाटो हुने गरेकोले सवारी दुर्घटना न्यूनीकरणको लागी बिहान ३ बजे देखि बुटवल तर्फबाट आउने बस ट्रक,जीप मोटरसाइकल लगाएतका सवारी साधनहरूलाई उज्यालो भएपछि बिहान साढे ६ बजे बजे पछिमात्र मात्र सुचारू गर्नका लागि नरपानी चौकिका इन्चार्ज सुर्य पन्थीले आग्रह गरे ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...