जिल्ल्ला मातपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी घुससहित पक्राउ

पुस १६

जिल्ल्ला मातपोत कार्यालय कञ्चनपुरका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । आयोगको टोलीले मंगलबार मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत खरिदार ललिता रोकाया (केसी)लाई रंगेहात पक्राउ गरेको छ ।

आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोप बहादुर विष्टले सेवाग्राहीसँग लालपुर्जा बनाइदिने भन्दै डेढ लाख रकम लिएको खबरपछि पक्राउ गरेको बताउनुभयो ।

प्रवक्ता विष्टका अनुसार खरिदार ललितालाई थप कारबाहीका लागि बुधबार आयोगको कार्यालयमा पठाइने छ । मालपोतका कर्मचारीले घुस नपाएसम्म काम गर्दैनन् भन्ने समाचार प्रकाशितसँगै अख्तियारले एक्सन चलाएको थियो । अख्तियारले सुदूरपश्चिम प्रदेशमा रंगेहात पक्राउ गरेको महिला कर्मचारीमध्ये ललिता दोस्रो कर्मचारी हुन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...