नकआउट फुटबल पडेरियामा सेमिफाइनल समिकरण सकियो 

राजेन्द्र खनाल कपिलवस्तु, असोज १९,

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ पडरियामा रहेको युनाईटेड युथ क्लवले आयोजना गरेको प्रथम टोल स्तरिय नकआटउ फुटबल प्रतियोगिताको सेमिफाईन फाइनल समिकरण आज पुरा भएको छ । आज भएको पहिलो सेमि–फाइनल भिडन्तमा गोल्डेन स्टार युवा क्लवलाई १–० ले हराउदै चन्द्र सुर्य युवा क्लव वर्दहवा फाइनल प्रवेश गरेको हो । खेलको ४७ औँ मिनेटमा वर्दहवाका आशिस वि.कले गरेको गोल नै खेलको निर्णयक गोल बन्यो भने दोस्रो सेमि–फाइनलमा आयोजक युनाईटेड युथ क्लव समुह ए लाई हराउदै प्रयास सामाजिक युवा क्लव भर्तापुर फाइनलमा प्रवेश गरेको छ । 

खेलको ७ औँ मिनेटमा युनाईटेड युथका प्रवेश कार्कीले १ गोल गदैँ टिमलाई १–० को स्थितीमा पुराएका थिए तर त्यो गोल धेरै समय टिक्न सकेन । प्रयास सामाजिकका कप्तान अनिल पाण्डेले खेलको १२ औँ मिनेटमा गोल गदैँ टिमलाई बराबरीमा पुराए । दुवै टिमका दर्जनौँ प्रहारले जालि चुम्न नसक्दा खेल पेनाल्टी सुट आउटमा पुग्यो । पेनाल्टी सुट आउटमा प्रयासका गोल रक्षक राजेन्द्र खनाल ( राजन ) ले आयोजक युनाईटेडका खेलाडीको चौथो प्रहार रोके पछि प्रयास ३–१ ले विजयी भएको छ । यो सँगै प्रयास सामाजिक युवा क्लब सेमिफाईनल समिकरण पुरा गर्दै चन्द्र सुर्य युवा क्लब बर्दहवा सँग फानल भेड गरेको छ ।

चन्द्र सुर्य २०७१,७२,७३ को लगातार विजेता क्लब हो भने प्रयास सामाजिक युवा क्लब १० वर्ष पछि वडा कप फुटबलमा फाईनलमा पुगेको छ । फाईनलमा चन्द्र सुर्यलाई पराजित गर्दै वडा कप फुटबलको बाजि मार्ने दाउमा रहेको छ । खेल भोली बिहान ११ बजे देखि हुने नक आउट फुटबल प्रतियोगिताका मिडिया संयोजक नवराज बेल्वासेले जानकारी दिएका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...