म्यानमारका पर्यटन मन्त्रीसहितको टोलीद्वारा तिलौराकोटमा अवलोकन

वाणगंगा अनलाईन कपिलबस्तु, पौष १७

म्यानमारका पर्यटन मन्त्री यु ओन मुउङ सहितको टोलीले प्राचीन कपिलवस्तु दरबारको अवलोकन गरेको छ । पर्यटन मन्त्रीसहितको टोलीले भगवान् गौतमबुद्ध २९ वर्ष बिताएको ठाउँ कपिलवस्तु, राजा शुद्दोदनको दरबार तिलौराकोट, सो दरबार क्षेत्रको उत्खनन् गरिएका पूर्वी र पश्चिमी द्वार, सुरक्षा पर्खाल लगायतको अवलोकन गरेका हुन् ।

बुद्धले २९ बर्ष विताएको ठाँउ र गृह त्याग गरेको ठाँउमा आउन पउदाँ अत्यन्तै हर्षित भएको म्यानमारका पर्यटन मन्त्री यु ओन मुउङले बताए । यहा भइरहेको काम प्रति अति नै उत्साहित भएको उनले बताए ।

तिलौराकोट दरबारमा लगातार गरिएको उत्खनन् र अन्वेषणले प्राचीन कपिलवस्तुमा बुद्धकालीन समय भन्दाअघि नै मानव सभ्यताको विकास भएको देखिएको बेलायतको दुर्हम विश्वविद्यालय सहितको टोलीले गरेको अध्ययन–अनुसन्धान पछि पुष्टि भएको लुम्बिनी विकास कोष कपिलवस्तु स्थित सम्पर्क कार्यालयका कार्यालय प्रमुख माधव प्रसाद आचार्यले पथ प्रदर्शन गर्दै पर्यटन मन्त्री यु ओन मुउङलाई जानकारी गराएका थिए ।

भ्रमणमा पर्यटन मन्त्री यु ओन मुउङकी श्रीमती र भुटानका पर्यटन बोर्डका डि जि दोर्जी देरादुल र उनको श्रीमती, नेपालका लागि म्यानमारका राजदुत लगायतको टोलीले तिलौराकोट भ्रमण गर्नु भएको छ ।

म्यानमारका पर्यटन मन्त्रीसहितको टोलीलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठ, प्रदेश सभा सदस्य धर्म बहादुर लाल श्रीवास्तव, नगर प्रमुख किरण सिंह, पुरातत्व अधिकृत हिमाल उप्रेती लगायतले स्वागत गरेका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...