सुखि नेपाली समृद्ध नेपालको नारा व्यवहारमा लागु नगरे पुरा हुँदैनः वडा अध्यक्ष अर्याल

पुष १७ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ११ मा आज वित्तिय साक्षरता तथा नेतृत्व विकास कार्यक्रमको उद्धघाटन भएको छ । वडा नम्बर ११ को आयोजनामा आज देखि संचलान गरिएको वित्तिय साक्षरता तथा नेत्तूत्व विकास तालिममा वडा भित्रका ५० जना अगुवा महिलाहरुको सहभागिता रहेको छ ।

तीन दिन सम्म संचालन हुने सो तालिममा सरकारले भनेको सुखि नेपाली समृद्ध नेपालको नारा बोलेर मात्रै पुरा नहुने भन्दै वित्तिय व्यवस्थापन र नेतृत्व विकासका लागि नागरिकहरुलाई सक्षम बनाउनुपर्ने वडा अध्यक्ष सोमनाथ अर्यालले बताउनुभयो ।

वडा भित्र रहेका महिलाहरुको सामाजिक नेतृत्वको साथै आर्थिक कारोवारमा पनि सक्षम बनाउने उद्धेश्यले तालिमको अयाजना गरिएको अर्यालले बताउनुभयो । पारिवारिक जिम्मेवारी सँगै विभिन्न सामाजिक क्षेत्रमा पनि महिला सहभागिता बढाउन पनि तालिमले विशेष सहयोग पुग्ने उहाँको विश्वास छ ।
कार्यक्रममा साना किसान महिला कृषि सहकारी संस्थाकी अध्यक्ष टीका कुमारी क्षेत्रीको अध्यक्षतामा वाणगंगा नगरपालिकाका नगर उप प्रमूख चक्रापाणी अर्यालको प्रमूख आतिथ्यता रहेको थियो । उप प्रमूख अर्यालले जबसम्म मानिसले आम्दानी खर्चलाई बित्तिय ब्यवस्थापन गर्न सक्दैनन तबसम्म आर्थिक क्रान्ति हुन नसक्ने बताउनुभयो ।
वडा अध्यक्ष सोमनाथ अर्यालको विशिष्ठ आतिथ्यता रहेको कार्यक्रममा नव ज्योती बहुउद्देश्यीय महिला कृषि सहकारीका पदाधिकारीहरुको आतिथ्यता रहेको थियो । सहकारी संस्था तथा कृषि संस्था सहित विभिन्न महिला आमा समूहहरुमा आबद्ध भएका वडा भित्रका सबै वर्गका महिलाहरुलाई सहभागि गराई उनीहरुको क्षमता विकास सँगै आर्थिक व्यवस्थापनका विषयमा प्रशिक्षण प्रदान गरिने जनाइएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...