शिवराजको वडा नं ३ र ४ मा आँखा शिविर

कपिलवस्तु पौष १७,

कपिलवस्तुको शिवराज नगरपालिकामा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिवराज नगरपालिका वडा नं ३ र ४ मा सम्पन्न भएको हो । निशुल्क आँखा शिविर कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिव कुमारी थारु, प्रमुख प्रशासकीय
अधिकृत हरी प्रसाद आर्याल, वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटा, वडा नं ४ का अध्यक्ष सफिक अह्मद मुसलमान लगायतको सहभागीता रहेको थियो । वडा नं ३ र ४ का ५ सय ५९ जना विरामीले निशुल्क आँखा चेकजाच गराएको वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनु भयो । शिवराज नगरपालिका वडा नं ३
र ४ संयुक्त आयोजना र नेपाल नेत्र ज्योती संघ बुटवल, लायन्स आँखा अस्पाताल प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । वडा नं ३ र ४ का चेकजाच गराएका विरामीहरु मध्ये १ सय २५ जनामा मोतिया बिन्दु देखा परेको छ । उनीहरुलाई निशुल्क अपरेशनको लागि बुटवल पठाइएको वडा अध्यक्ष सापकोटाले बताउनु भयो । निशुल्क आँखा शिविर सञ्चालन भएपछी आँखा चेकजाच गराउनेको भिड लागेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...