सहकारी बजार बोडगाउँमा हुन्छ दैनिक १ लाख बढिको कारोवार

राजेन्द्र खनाल पुष २३ कपिलवस्तु

गत साउन १५ गते पाँच नम्बर प्रदेशका कृषि व्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले उद्धघाटन गर्नूभएको वाणगंगा ८ को सहकारी बजार संचालन भएको पाँच महिना पुगेको छ ।

प्रदेश ५ सरकारको ५० प्रतिशत अनुदान र कृषि बहुउद्देशीय सकारी संस्था वाणगंगा ८ बोर्डगाउँको ५० प्रतिशत लगानिमा सञ्चालित सहकारी बजारले स्थानिय उत्पादनहरुको बजारीकरण तथा उत्पादनका क्षत्रमा काम गरिरहेको जनाएको छ ।
वि.सं.२०६१ सालमा स्थापना भएको सहकारीले यस अघि एकिकृत शत्रु जिव व्यावस्थापन देखि सहकारीमा आबद्ध कृर्षकहरुमा ऋण लेनदेन र बचतका कार्यक्रमहरुमा सिमित रहेको थियो । यस वर्ष भने कृषकहरुका उत्पादनहरुको बजारीकरण र आफ्नै व्यवासय संचलान सुरु गरेको हो । झण्डै र १ करोडको लागतमा संचालनमा ल्याइएको सहकारी बजारमा स्थानिय स्तरमा उत्पादन हुने कृषि जन्य उत्पादनहरुको खरिद विक्रि गर्ने गरिएको छ । तर जुन उद्धेश्यका साथ सहकारी बजारको संंचालन भएको थियो सो अनुसारले बजार मुल्य अनुसार सामान उपलब्ध नभएको स्थानिय नागरिकको गुनासो छ ।

आम व्यावसायिक बजारहरु र सहकारी बजारमा मुख्यमा कुनै फरक नहुँदा सहकारी बजार र अन्य व्यवासायिक पसलहरुम भिन्नता नभएको एक स्थानियले बताए । सहकारीले गाउँमै उत्पादन भएका खाद्यवस्तुको खरीद गरी बजार भाउ भन्दा सस्तो दरमा विक्रि वितरण गर्ने भनिएको थियो ।
तर यता सहकारी बजारका लेखा समितिका संयोजक मोहन अधिकारीले भने केहि स्थानिय व्यावसायीहरुले गरेको अस्वस्थ प्रतिष्प्रर्धाका कारण नागरिकमा भ्रम सिर्जना भएको बताउनुभयो । दैनिक १ सय देखि १ सय ५० जना उपभोक्ताहरुले सामान खरिद गर्ने भन्दै उहाँले दैैनिक एक लाख बराबरको आर्थिक कारोवार भईरहेको बताउनुभयो । पसलमा मूल्य सूचि समेत राखिएको भन्दै कसईलाई पनि आफू ठगिएको वा बढि दरमा सामान खरिद गरेको आसंका लागेमा आफूहरु जवाफ दिन पनि तयार रहेको बताउनुभयो ।
सहकारीमा गठन गरिएको बजार समितिले साप्ताहिक रुपमा नियमित रुपमा स्थानिय बजारभाउको मूल्याङ्कन तथा दर विश्लेषण गर्ने समितिका संयोजक कृष्ण प्रसाद न्यौपानेले बताउनुभयो । बजार भाउ अनुसार कुनै कुनै सामानमा मूल्य बढि हुनु स्वभाविक भएको भन्दै उहाँले स्थानिय स्तरमा पाईने सामानमा भने कुनै त्यस्तो फरक नभएको पनि उल्लेख गर्नुभयो । स्थानिय नागरिकले उत्पादन गरि सहकारी सम्म ल्याएका उत्पादनहरु उचित मुल्यमै खरिद गरी कृषकहरुको कृषि कर्मलाई पनि टेवा पुगेको न्यौपानेले बताउनुभयो ।
नेपालका हिमाली र उच्च हिमाली क्षेत्रमा मात्रै उत्पादन हुने उत्पादनहरुको समेत उपलब्धता रहेको जनाउँदै ति सामानको मूूल्य केहि बढि भएको पनि सहकारीले जनाएको छ । गुल्मिको बलेटक्सारमा रहेको पँैचो पसल प्रालि सँगको सहकार्यमा हाल सहकारी बजारमा विभन्नि सामानहरु आयात तथा निर्यात हुने गरेका छन् । अर्घाखाँची जिल्ला सँगैका पहाडि जिल्लाहरुमा उत्पादन हुने दलहन र तेलहन सामानहरु पनि विक्रिका लागि राखिएको छ । त्यस्तै लोकल कुखुर र बट्टाई पनि विक्रिमा रहेका छन् । हाल सहकारीले स्थानिय नागरिकहरुलाई घुम्ति तरकारी खेतीका लागि तालिम संचालनको समेत तयारी थालेको छ । डिजिटल प्रविधिमा आधातिर सहकारी बजारमा ९ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...