जनसेवामा अभिभावक शिक्षा कार्यक्रम : सबै पक्षको सक्रियातामा जोड

राजेन्द्र खनाल पुष २५ कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका अन्र्तगत युवा खेलकुद तथा शिक्षा शाखाले संचालन गरेको अभिभावक शिक्षा कार्यक्रम नगरका १० वटा विद्यालयमा सम्पन्न भएका छन् ।

आज वाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा १० औँ चरणको कार्यक्रम अन्र्तगत स्रोत व्यक्ति कविराज भण्डारीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक विद्यालयका अभिभावक तथा विभिन्न सरोकारवालाहरुका बिचमा संचालन गरिएको सो कार्यक्रमममा स्रोत व्यक्ति भण्डारीले सामुदायिक विद्यालय शिक्षक, समुदाय र अभिभावक एक्लैले संचालन गर्ने नभई सामुहिक सहकार्यबाट विकासको बाटोमा लैजान सकिने बताउनुभयो ।

सरकारको संयन्त्रमा रहि विद्यालयको सुधार तथा विकासका लागि अभिभावकको भुमिका अहम हुने भन्दै उँहाले विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा शिक्षक कर्मचारीहरुको आपसी सह सम्बन्ध नै गुणस्तरिय शिक्षाको सहि मार्ग बन्न सक्ने पनि बताउनुभयो ।
कार्यक्रममा वाणगंगा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शिव पाण्डे, शिक्षक अभिभावक संघका अध्यक्ष दुर्गा रेग्मी, विद्यालय व्यवस्थापन समितिका सदस्य रविराज आचार्य, कमलकान्त भट्टराई, गंगा कार्की, विद्यालयमा गठित वाल क्लवका पदाधिकारी विद्यार्थीहरु, विद्यायका पूर्व अध्यक्षहरु तथा शिक्षक र अभिभावकहरुको सहभागिता रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक ज्ञानप्रसाद पाण्डेले विद्यालय व्यवस्थापन समिति सँगै शिक्षक अभिभावक संघ र अभिभावकहरु सँग शिक्षकहरुको सम्बन्धलाई प्रगाढ बनाउँदै समुदायका कुनै पनि वालवालिकालाई शिक्षाबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न सकिने बताउनुभयो । कार्यक्रममा विभिन्न सरोकारवाला समुह सहित ४० जनाको सहभागिता रहेको थियो ।

यस वर्ष नगरपालिका अन्र्तगतको शिक्षा शाखाले नगरका १५ विद्यालयमा अभिभावक शिक्षाकार्यक्रम संचालनको लक्ष्य लिएको छ । हाल सम्म १० विद्यालयमा कार्यक्रम सम्पन्न भईसकेका छन् । कार्यक्रम पुष ४ गते देखि सूरु भएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...