नेविसङ्घमा नयाँ नेतृत्व ल्याउने विषयमा जटिलता थपिँदै कपिलवस्तुबाट काफलेलाई पाण्डेको समर्थन ।।

कपिलबस्तु ।

नेपाली कांग्रेसको भातृ संस्था नेविसंघको नयाँ नेतृत्वका विषयमा नेपाली कांग्रेस भित्र तीव्र मतभेद भइरहेको बेला संघका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सोमबार एक अपील जारी गर्दै संघको ३२ वर्ष उमेरहद भएको विधान नै लागू हुनुपर्ने माग गरेका छन् ।


उक्त भनाईलाई कपिलबस्तुका विद्यार्थी संघका नेता टि.आर पाण्डेले समर्थन गरेका छन् । पार्टीको पछिल्लो विवादका बारेमा छलफल गर्न विभिन्न गुट, उपगुट आबद्ध जिल्ला सभापतिहरु पार्टी कार्यालयमा भेला भइरहँदा काफ्लले यस्तो अपील जारी गरेका थिए ।
“११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित संघको नेतृत्वलाई भङ्ग गरी विधान विपरीत नेतृत्व थोपर्ने चर्चाले विद्यार्थी समूदायको भविष्य र सिङ्गो विद्यार्थी आन्दोलनमाथि आघात पुग्ने भन्दै कपिलबस्तुको विद्यार्थी संगठन पनि विरोध गर्दै आएका छन् ।
लोकतान्त्रिक मूल्य, आदर्श र विधिको शासनका लागि संघका साथीहरू विगतदेखि नै नियमित महाधिवेशन लगायत आन्तरिक लोकतन्त्रका पक्षमा बुलन्द आवाज उठाउँदै आएको काफ्लेको भनाईलाई कपिलबस्तुका विद्यार्थी नेता पाण्डेको टोलिले समर्थन गर्दै आएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...