कपिलवस्तुमा बस दुर्घटना : एक को मृत्यु, १५ घाईते । (नामावली सहित)

पुष २७ कपिलवस्तु

कपिलवस्तुमा आज बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ७ स्थित धरमपानियामा लु १ ख ६८१३ नम्बरको बस पल्टिदा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।

दुर्घटनामा परि भारतको सिद्धार्थनगर जिल्ला खुनुवा थाना बस्ने ३५ वर्षिय प्रमावती पाण्डेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उहाँलाई उपचारका लागि जिल्ला अस्पताल तौलिहवामा लैजाँदै गर्दा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १५ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।

जिल्ला सदरमुकाम तौलिहवा देखि भैररहवा तर्फ जाँदै गरेको बसमा सवार यात्रुहरु मध्ये कपिलवस्तु नगरपालिका वडा नम्बर ५ का २२ वर्षका प्रमाशिला कोरी, सोही ठाउँकी ५५ वर्षिय रामवती लोध, वडा नम्बर २ की ६० वर्षिय वर्षा यादव, वडा नम्बर ६ की ३० वर्षिय दकदिन निसार वडा नम्बर ५ की ४० वर्षिय मिथलेश पाण्डे घाईते, हुनुभएको छ । त्यस्तै उता रुपन्देहीको मायादेवी गाउँपालिका ५ का २३ वर्षका कृष्णकान्त मिश्रा र ४० वर्षका चिरका कुर्मी पनि घाईने हुनुभएको छ । त्यस्तै बसमा सवार यात्रु मध्ये भारतको सिद्धार्थनगरका २२ वर्षिय सोफिक मुसलमान, सोही ठाउँका २४ वर्षिय महोम्मद जावेद मुसलमान, ३८ वर्षकी इन्द्रावती केवट, २५ वर्षकी कृष्णावती केवट, १४ वर्षकी इश्लावती निसार, रजुवापुरका ३९ वर्षिय फकदिर अहमद घाईते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

चिप्लो सडकमा बस अन्यिन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक दिपशम्सेर जबराले बताउनुभयो । दुर्घटना लगत्तै चालक र सहचालक भने फरार भएका छन् । घटनाबारे थप अुनसन्धान भैरहेको प्रहारीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...