यस वर्ष कपिलवस्तुमा आलुको उत्पादन घट्ने निश्चित

राजेन्द्र खनाल माघ २ कपिलवस्तु

आज कपिलवस्तु सहित देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात भएको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको असरले कपिलवस्तु सहितका देशका धेरै स्थानमा हल्का वर्ष भएको हो । बिहानै देखि सुरु भएको वर्षाका कारण जिल्लाका नागरिकहरुको देनिकी समेत प्रभावित भएको छ । अझ विशेष गरी कपिलवस्तु जिल्लामा यस वर्ष आलुको उत्पादन घट्ने सम्भावना रहेको कृषि ज्ञान केन्द्रले गरेको छ । केन्द्रका प्रमूख राम गोविन्द आर्यका अनुसार कपिलवस्तु जिल्लामा गत वर्षको तुलनामा आलुको उत्पादन सँगै दलहन बाली मसुरोको उत्पादन कम हुने देखिएको छ । लगातार भईरहेको वर्षाले गहँु बालीलाई खासै असर नगरेता पनि आलु र मसुरोमा भने प्रत्यक्ष असर गर्ने आर्यले बताउनुभयो । यतिबेला किसानले लगाएको आलु पाक्ने र खन्ने समय भईरहेका बेला वर्षा भए पनि आलु खेतमै कुहिने र उत्पादन घट्ने उहाँले बताउनुभयो ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ । बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले आज बेलुकी सम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने उहाँले बताउनु भयो । तर लगातार झरीको सम्भावना भने नभएको उहाँको भनाई छ । भोलि पनि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जाने मौसमविद् मानन्धरले बताउनुभएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...