सूचना प्रविधि विधेयकको विरोध स्वरुप तरुणदल र काँग्रेस कपिलवस्तुले ज्ञापन पत्र पेश ।।

माघ ५ कपिलवस्तु

नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुले सुचना प्रबिधी बिधेयक सच्याउनु पर्ने माग सहित जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलको केन्द्रिय निर्देशन अनुरुप तरुण दलका जिल्ला सभापति खोम बहादुर सिंह ठकुरी (शक्ति) नेतृत्वको तरुणहरुको टोलीले निमित्त प्रमुख जिल्ला अधिकारी मनोज कुमार सैनीलाई बिधेयकको बिरोधमा ज्ञापनपत्र बुझाएको हो । नेपालको संबिधानको मौलिक हकका धारा र उपधाराहरुको मर्म बिपरित सरकारले ल्याउन लागेको बिधेयकले नागरिकका अधिकार कुन्ठित गर्ने बताईएको छ । सुचना प्रबिधी सम्बन्धि बिधेयक तत्काल परिमार्जन गरि लोकतान्त्रिक सिद्धान्त र संबिधानको मर्म अनुसार ल्याउनु पर्ने माग गर्दैै माग अनुरुप परिमार्जन नगरिए आन्दोलनमा जाने ज्ञापनपत्रमा उल्लेख छ । तरुणहरुको टोलीमा जिल्ला पार्टी तरुण बिभाग प्रमुख जमशेद खाँ, क्षेत्रिय सभापति राजेश उपाध्याय, तरुण नेता तिलक थापा, युवा नेता वजिह अरसद, तरुण बिद्यार्थी नेता चन्द्रकान्त पोख्रेल लगायतको सहभागीता रहेको थियो । संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संबिधानको मर्म बिपरित नागरिक अधिकारलाई कुन्ठित गर्ने गरि ल्याउन थालिएको बिधेयकको बिरोधमा तरुण दलले ज्ञापन दिएको जिल्ला सभापति खोम बहादुर सिंह ठकुरी (शक्ति) ले बताए । यस अघि नेपाली काँग्रेस कपिलवस्तुले केन्द्रिय निर्देशन अनुसार ज्ञापनपत्र बुझाएर बिरोध प्रदर्शन गरेको थियो । पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले निमित्त प्रमुख जिल्ला अधिकारी मनोज कुमार सैनी मार्फत प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बिधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्दै नागरिक अधिकारको हनन् गर्ने उल्लेख छ ।

यसैबिच उता नेपाली कांग्रेसद्वारा सुचना बिधेयकका बिरूद्धमा आज देशभरका जिल्ला प्रशाशन कार्यालय मार्फत ज्ञापनपत्र पेश गरेको छ । यसैक्रममा नेपाली कांग्रेश कपिलवस्तुले पनि आज जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत सुचना बिधेयक बिरूद्ध ज्ञापनपत्र पेश गरेको छ । ज्ञापनपत्र बुझाउनु अघि नेका कपिलवस्तुका सभापति सुरेन्द्रराज आचार्यले ज्ञापनपत्र पढेर सुनाउनु भयको थियो । सो समारोहमा नेका केन्द्रिय सदस्य एवं सघिय सांसद अतहर कमाल मुसलमान, पुर्व मन्त्री दिपकुमार उपाध्याय लगायत जिल्लाका नेता एवं कार्यकर्ताहरूको सहभागीता रहेको थियो । ज्ञापनपत्र बुझाउनु अघि कोणसभाको आयोजना गरी सुचना बिधेयक नेपाली जनताले बलीदानी दिई प्राप्त गरेको अधिकार खोस्ने अभिप्रायले ल्याईएकोले यस्को बिरूद्धमा लाग्नु परेको नेताहरूले बताएका थिय ।
यसैबिच नेकपा पार्टी परित्याग गरी कपिलवस्तु नगरपालिका ९ मा र वाणगंगा नगरपालिका ६ बाट  बाट दर्जन बढी युवाहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कवनपा ढ बाट गोविन्द घिमिरेको नेतृत्वमा र बानपा छ बाट बिक्रम पाण्डेको नेतृत्वमा युवाहरू नेका प्रवेश गरेको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य सदस्य ज्ञानु कार्कीले जानकारी गराउनु भयको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...