तानसेनमा १९ जना जुवाडे पक्राउ

असोज २६

तानसेनमा १९ जना जुवाडे पक्राउ परेका छन् । तानसेन नगरपालिका १ गैरागाउँमा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा तानसेन नगरपालिकामा निर्वाचित जनप्रतिनिधि, नेता तथा कार्यकर्ता, नेपाल बैंक लिमिटेड पाल्पा शाखाका कर्मचारी, स्थानीय व्यापारी लगायतका विशिष्ट व्यक्तिहरु रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले १९ जना जुवाडेहरु सहित ५ लाख ५४ हजार ५ सय ८२ रुपैयाँ नगद रकम पनि फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिए ।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...