७ नम्बर वडामा आर्गनिक खेती तालिम सम्पन्न

हरि आचार्य कपिलवस्तु, असोज २९

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको वार्षिक योजना अन्र्तगतको भन्छामै औषधालय कार्यक्रम नगरको वडा नम्बर ७ ले औपचारिक रुपमा सम्पन्न गरेको छ ।

हिजोबाट वडा कार्यालयको सभाहल मोतिपुरमा सुरु भएको आर्गनिक खेती तालिम, भान्सा नै औसधालय कार्यक्रम अन्र्तगतको अभिमुखिकरण सम्पन्न भएको वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभएको छ ।

आमा र माटोको स्वास्थ्य सुधार अभियान, शुद्ध खाना दीर्घ जीवन आदर्शवाक्यका साथ वडाले आयोजना गरेको कार्यक्रमका लागि वडा नं. ७ ले पहिलोपटक वजेट विनियोजन गरेको थियो । नगरपालिकाका ११ वटा वडा मध्ये वडा नं. ७ ले पहिलोपटक कार्यक्र गरेकोमा वडावासीले खुसी व्यक्त गरेका थिए । समापन कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरीले भौतिक निर्माण र विकासले मात्र सुखि नेपाली, संवृद्ध नेपाल सम्भव नहुँने भएकोले सबैभन्दा पहिले वडाबासिको स्वास्थ्य तथा आहारविहारमा सुधार ल्याउँनुपर्नैमा जोड दिनुभयो ।

उनले यो कार्यक्रम संगै आर्थिक बर्ष २०७६÷७७ अन्र्तगत वडाका लक्ष्ति वर्गका ७ वटा योजना समेत सम्पन्न भएको जानकारी दिएका छन् । वडाका ८ वटा टोल विकास सस्थाबाट २ सय जनाको सहभागिता रहेको कार्यक्रममा उपभोक्ता महासंघका केन्द्रिय अध्यक्ष तथा माटो र आमाको स्वास्थ्य सुधार अभियन्ता रोमलाल गिरीको समुहले २ दिने प्रशिक्षण दिएको हो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...