माटोमा कला भर्नमै व्यस्त छन भारतीय मूर्तिकार

राजेन्द्र खनाल असोज ३० कपिलवस्तु

कपिलवस्तु जिल्लाको दक्षिण भेग । कृष्णनगर नगरपाकिला अन्र्तगतको बहादुरगञ्जको सडक छेवैको सानो झुपडि, जहाँ माटोमा कला रोपिरहेका छन् एक बाबुछोरा । उनीहरु मुर्तिकलामा व्यस्त छन करिब ३ महिना देखि । हिन्दु धर्मावलम्वीहरुले पुज्ने लक्ष्मी भगवानका मुर्ति बनाउन उनीहरु दिनैभर व्यस्त रहन्छन । नेपालीहरुका महान चाडबाडका बेला धार्मिक मठहरुमा प्रयोग गरिने मूर्तिहरु अहिले नेपाली बजारमा कलिगढहरुले धमाधम बनाईरहेका छन । अनि विक्रि पनि गरिरहेका छन । यस वर्ष ऋषिपञ्चमी देखि जिल्लाका विभिन्न स्थानमा मूर्तिकलामा व्यस्त रहेका कालिगढहरुले मूर्तिकलाबाटै आफ्नो परिवार पाल्ने गरेको पनि सुनाए । विजया दशमी सकिए पनि दिपावली अर्थात तिहारका बेला धार्मिक मठहरुमा प्रयोग गरिने लक्ष्मीका मूर्तिहरु बनाउन कालिगढहरु अहिले व्यस्त छन ।


कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका अन्र्तगतको बहादुरगञ्जमा सामान्य एक झुपडीमा मुर्ति बनाउन व्यस्त रहनुभएका मुकेश कुमार गौतमले अहिले झण्डै एक दर्जन बढि लक्ष्मीका मुर्ति निर्माण गरिरहनुभएको छ । मुर्ति बनाएर विगत १५ वर्षको अनुभव संगाल्नुभएका गौतमको घर भने भारतमा हो । उहाँ हाल आफ्नो १२ वर्षिय छोराको साथमा बहादुरगञ्जमा मुर्ति निर्माण गरिरनुभएको छ । नेपाली चाडबाडमा मुर्तिहरु धेरै विक्रि हुने भए पछि आफु यहाँ आएको उहाले सुनाउनुभयो । मुर्तिबनाउने काम मुकेशले मात्रै नभई उहाँका १२ वर्षिय छोरा नितेशले पनि गरिरहेका छन् ।


वर्षाै देखि यहि पेशाबाट आफ्नो परिवारको गुजारा चलाउने सुनाउँदै गौतमले भने, “नेपालमा पनि धेरैजना भारतिय बजारमा गएर धातुका र्मूिर्त किन्न थालेछन् हामीले बनाएको मुर्ति सस्तोमै दिनुपर्छ, मिहिनेतको फल पनि उठ्दैन ।” उहाँले बनाएका मुर्तिहरु ५ हजार देखि १० हजार सम्म पर्ने भए पनि बजारमा पाईने धातुका मुर्तिहरुका कारण सस्तोमै बेच्नुपरेको गौतमको भनाई छ ।
बाटोको किनारैमा रहेको सानो झुपडीमा दिनभर गौतम बाबुछोरा भगवानका मुर्ति बनाउन व्यस्त रहन्छन । गिलो माटोमा आफ्नो हातको कला भर्छन । अनि सोहि कला नेपाली चाडपर्वमा पुजिन्छ । तर कला भर्ने कलाकारको भने मुल्य पनि उठ्दैन । उनीहरु सामान्य रकममा आफ्नो मजदुरी पनि नउठ्ने गरी मुर्तिमा कला भरिरहेका छन ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...