एवाईसी रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगालाई

बिष्णु कुमार आले असोज ३०, अर्घाखाँची ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा सोमबार देखि सुरु भएको एवाईसी अन्तर पालिका स्तरीय तेस्रो रनिङ्गशिल्ड भलिवल प्रतियोगीताको उपाधि शितगंगा नगरपालिकाले हात पारेको छ ।

‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने मुलनाराका साथ स्थापित अर्घाखाँची युवा परिषद् सन्धिखर्क २ द्दारा आयोजित प्रतियोगीतामा जिल्लाका ६ वटै पालीकाहरुले सहभागिता जनाएका थिए । बुधबार सम्पन्न फाईनल खेलमा सन्धिखर्क नगरपालिकालाई सोझो सेटमा हराउँदै शितगंगा नगरपालीकाले पहिलो स्थानको विजयी हात पारेको हो ।

प्रतियोगीतामा सितगंगा नगरपालीका प्रथम,सन्धिखर्क नगरपालीका द्धतिय र भुमिकास्थान नगरपालीकाले तृतिय स्थान हासील गरेका छन । यता पाणिनी गाउँपालिका भने निर्धारीत समयमा खेलमा सहभागि नभएपछि स्वतः भुमिकास्थान नगरपालिका तृतिय भएको आयोजकले जनाएको छ । प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद रु।५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई रु २० हजार सहित आक्रर्षक शिल्ड, मेडल र प्रमाण पत्र परिषदका महासचिव प्रकाश भुसालले प्रदान गरेका थिए । यस्तै प्रतियोगीतामा ३ पटक सम्म लगातार रनिङ्गशिल्ड जित्ने टिमलाई नगद रु १ लाखको साथमा शिल्ड प्रमा पत्र पनि प्रदान गरिने परीषदका अध्यक्ष काजी श्रेष्ठले बताए । यसअघि प्रतियोगीताको सोमबार जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख पिताम्बर शर्मा भुसालले उद्घाटन गरेका थिए ।

शितगंगाले लगातार दोस्रोपटक रनिङ्गशिल्ड जितेको हो । यसैबिच आगामी बर्ष चौथो एवाईसी अन्तर पालिका स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०७७ साल कात्तिक २० गते खेलाडी प्रशिक्षण कार्यक्रम सहित कात्तिक २१ र २२ गते सन्धिखर्क टुडिखेलमा हुने आयोजकले जानकारी दिएको छ । पहिलो स्थानको जित हात पारेपछि सितगंगा नगरपालीकाका खेलाडी , सुभचिन्तक, युवाहरूले पन्चेबाजाको तालमा टीका अभिर गरि ठाडामा बिजयी उत्सव मनाएका छन् ।

शितगंगालाई २०७७ साल कार्तिक २१ र २२ गते हुने चौथो एवाईसी अन्तर पालीका स्तरीय रनिङ शिल्ड भबिवल प्रतियोगितामा पनि पहिलो स्थानको बिजयी हात पार्नु पर्ने चुनौती थपिएको छ । यसमा बेलैमा सचेत र चनाखो हुन आवश्यक छ । खेलकुदको रूपबाट शितगंगालाई उच्च स्थानमा चिनाउन सफल भएको भन्दै नगर प्रमुख सुर्य प्रसाद अधिकारी ,उपप्रमुख टीका रेश्मीमगर र प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलले सम्पुर्ण खेलाडी तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरूलाई धन्यवाद दिएका थिए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...