पक्राउ परेका बिप्लवका कमाण्ड इञ्चार्जसहित २१ जनाको नाम सार्वजनिक

 असोज ३० 

नेपाल प्रहरीले गएराति दाङको राजपुर गाउँपालिकाबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वका २१ जना नेता कार्यक्रतालाइ पक्राउ गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ४ मुङ्रेटाखोलाबाट पश्चिम कमाण्ड इञ्चार्ज विरजङ्ग चन्दसहित २१ जना केन्द्रीय नेताहरु पक्राउ गरी नाम समेत सार्वजनिक गरेको छ ।

अनुसन्धानमा खटिएको प्रदेश नं। ५ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, दाङले पक्राउ पर्नेको नाम सार्वजनिक गरेको हो । राप्ती ब्यूरोको बैठक बसिरहेको बेला राति १ वजे नेताहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता बिनोदबिक्रम शाहले जानकारी दिनुभयो ।

पक्राउ पर्नेको पूरा विवरण

१( चन्द्रबहादुर चन्द ९वीरजङ्ग० –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यरो ईन्चार्ज एवम् मध्य पश्चिम कमाण्ड ईन्चार्ज
२( केशवबहादुर बाँठा मगर ९सुवास० –राप्ती ब्युरो ईन्चार्ज
३( रामबहादुर थापा ९सुन्दर० – राप्ती ब्युरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४( सविन पोख्रेल –राप्ती ब्युरो कार्यालय सचिव
५( यमलाल कटुवाल ९विक्रम० दाङ जिल्ला ईन्चार्ज
६( प्रदीप वली – दाङ जिल्ला सेक्रेटरी
७( बविन केसी ९पाटन, जंगली० – युवा संगठन नेपाल, केन्दीय अध्यक्ष
८( सुनिल पौडेल–बुद्धिजिवी
९( एकराज चौधरी ९दाङ एरिया नम्बर ४ ईन्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०( धनबहादुर बोहोरा ९महान० – दाङ एरिया नम्बर १ ईन्चार्ज एवम् राजपुर गा पा सेक्रेटरी
११( तिलक पुन ९पूर्व जनमुक्ति सेना
१२( सुरज विक ९दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३( हितप्रसाद रोका ९पार्टी सदस्य
१४( पोष्टमान घर्ती ९रोल्पा जिल्ला
१५( दलबहादुर खत्री ९रोल्पा
१६( अमित घर्तिमगर९रोल्पा
१७( बालकृष्ण शर्मा
१८( जीत क्षेत्री,
१९( रमेश आचार्य
२०( कुलबहादुर वली
२१( बिष्णु थापा

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...