लुम्बिनी घोषणा पत्र जारी गर्दै राष्ट्रिय अपाङ्ग महासंघको बैठक सकियो

वाणगंगा अनलाईन, ३० असोज, कपिलवस्तु

बुधबार देखि सुरु भएको राष्ट्रिय अपाङ्ग महासंघको बैठक आज लुम्बिनी घोषणा पत्र जारी गर्दै सकिएको छ ।

बैठकमा अपाङ्गता भएका व्यक्तिका सवालमा छलफल हुनुका साथै यस क्षेत्रका विभिन्न व्यक्तिलाई उपस्थित गराएर आफ्ना सवालहरुका बारेमा जानकारी दिइएको महासंघका अध्यक्ष मित्रलाल शर्माले जानकारी दिनुभयो । बैठक कपिलवस्तुको वाणगंगामा बसेको थियो । अपाङ्गता भएका व्यक्तिको पक्षमा आफ्नो तर्फबाट निरन्तर पैरवी गर्ने सरोकारवालाहरुले प्रतिवद्धता जनाएका छन ।

अपाङ्गता भएका व्यक्तिका हक अधिकार राज्यले शुनिश्चित गर्नुपर्ने भन्दै अपाङ्गता भएका व्यक्तिलाई राज्यस्तरबाट पनि सहयोगको खाँचो रहेको विषयमा जोड दिईएको छ । सरोकारवालाले अपाङ्गताको क्षेत्रमा राज्य र अन्य क्षेत्रबाट विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । राष्टिय अपाङग महासंघले अहिले स्थानिय तहहरुले अपाङ्गहरुको अधिकार स्थानिय योजनाहरुमै समेट्नुपर्ने उद्देश्यका साथ यो अभियान संचालन गरिरहेको छ । सोहि अनुसार कपिलवस्तु जिल्लामा बुधबार र बिहिबार गरी दुई दिन कार्यँक्रम संचालन गरिएको थियो ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...