तीन प्रहरीसहित भोजपुरमा पाँचजनामा कोरोना संक्रमण

जनआवाज,भदौ ३१

बुधबार भोजपुरमा तीन प्रहरीसहित पाँचजनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिनेृमा जिल्ला प्रहरी कार्यालय भोजपुरमा कार्यरत तीनजना प्रहरी, एक थुनुवा र राष्ट्रिय वाजिण्य बैंकका कर्मचारी रहेका छन् । थपिएका सबै संक्रमित पुरुष रहेका छन् भने उनीहरुको उमेर ४९, ३९, ३३, २८ र २७ रहेको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए। यो संगै भोजपुरमा हालसम्म २५ जनामा कोरोना देखिएकोमा नौजना निको भएर घर फर्किसकेका छन्। १६ जना आइसोलेसनमा रहेका छन्।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...