विहीबार थप १ हजार २४६ जनामा कोरोना सङ्क्रमण

जनआवाज, असोज १

२४ घण्टामा एक हजार दुई सय ४६ जनामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । आज थपिएका संगै नेपालमा संक्रमितको संख्या ५९ हजार पाँच सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा १० हजार ६ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा एक हजार दुई सय ४६ जनामा सङ्क्रमण देखिएको हो। यस्तै गएको २४ घण्टामा एक हजार दुई सय ४३ निको भए संगै डिस्चार्ज हुनेको सङ्ख्या ४२ हजार नौ सय ४९ पुगेको छ । यस्तै गएको २४ घण्टामा चार जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन सय ८३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...