डा गोबिन्द केसीका समर्थकद्धारा राजधानीमा प्रदर्शन

जनआवाज, असोज ३

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सञ्चालन हुनुपर्ने लगायतका माग राखेर जुम्लामा सत्याग्रह बसेका डा। गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै केसीका समर्थकहरुले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन् । ‘डा केसीका माग पुरा गर, केसीको जीवन रक्षा गर’ लगायतका नारा लेखिएको प्लेकार्डसहित युवाहरूले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । सरकारले तय गरेको स्वास्थ्य मापदण्ड को पालन गर्दै एक ठाउँमा ५ जना मात्र जम्मा भएर प्रदर्शन गरेको सहभागीहरुले बताएका छन् ।

डा। केसी नोवेल कोरोना भाइरस कोभिड १९ को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग राखेर २९ भदौदेखि जुम्लामा अनसनरत छन् ।

१९औं पटक अनुसन बसेका डा। केसीले विगतमा सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने माग समेत राखेका छन् ।

नेपाल चिकित्सक संघले शुक्रबार डा। केसीका माग सम्बोधन गर्दै उनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको थियो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...