गरिब तथा विपन्‍न बर्गलाई कान्ति बाल अस्पतालले आकस्मिक सेवा निःशुल्क दिने

जनआवाज, काठमाण्डौ

काठमाण्डौ स्थित कान्ति बाल अस्पतालले गरिब तथा विपन्न बालबालिकाका लागि आकस्मिक सेवा निःशुल्क दिने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम गरिब, विपन्न तथा साथमा कोही नभएका बिरामी बालबालिकाका लागि प्रारम्भिक आकस्मिक सेवा निशुल्क गरिएको जनाएको छ।

 

आकस्मिक सेवा निस्शुल्क गराउने कार्यविधि बमोजिम गरिब, विपन्न साथमा कोही नभएका वन तेस्रो व्यक्ति ल्याएका परेका बालबालिकाहरूलाई प्रारम्भिक चरणको आकस्मिक सेवा निस्शुल्क दिइने सूचनामा उल्लेख छ । कुनै पनि बालबालिकाले पैसा नभएकै कारण आकस्मिक सेवा नपाएर ज्यान गुमाउने अवस्था आउन नदिन यो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ।​

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...