गुल्मीमा छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा बाबु पक्राउ

कत्तिक १ 

गुल्मीमा छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा बाबु पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका–४ दोहोलीमा १३ वर्षीया छोरीलाई बलात्कार गर्न खोजेको आरोपमा ४१ वर्षीय बाबु पक्राउ परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

 

ती व्यक्तिले गत असोज २९ गते साँझ मालिका गाउँपालिका–६ अर्जैमा छोरीलाई बलात्कार गर्न खोजेको पीडितले बताएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताउनुभयो।

 

पीडितकी आमाले प्रहरीमा जायरी दिएपछि घटना बारे थाहा भएको थियो । पक्राउ परेका पुरुषलाई गुल्मी अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीबाट आएका ती पुरुषले मदिरा सेवन गरेर छोरीलाई बलात्कार गर्न खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...