पाल्पाको तानसेन नगरपालिका चिनियाँ नगरसँग भगिनी सम्बन्ध, २ वर्षमा १२ सय योजना सम्पन्न

कात्तिक १,

पाल्पाको तानसेन नगरपालिकाले २ वर्षमा झण्डै १२ सय योजनाहरु सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७४र७५ मा सानाठूला गरी पाँच सय र २०७५ र ०७६ मा छ सयभन्दा बढी नगरभित्र योजना पूरा गरेको नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिएका छन् ।

गत बर्ष सेतीपोखरी गुफाचौर सडक स्तरउन्नति, तानसेन कालीगण्डकी करीडोर लिंकरोड स्तरउन्नति, संस्कृति सहर पूर्वाधार कार्यक्रम नयाँपाटीदेखि सामुदायिक रेडियो मदन पोखरासम्मको सडक स्तरोन्नति, श्रीनगर सौन्दर्यकरण जस्ता योजनाहरुलाई नगरपालिकाको गौरवका आयोजनाका रुपमा लिएर काम भइरहेको नगरप्रमुख शाहीको भनाई छ ।

नगरप्रमुख शाहीले भने– ‘सुनियोजित रुपमा काम भएन भन्ने प्रचारवाजी पनि हुने गरेको छ । हामीले दु्रत गतिमा काम गरिरहेका छौँ । जनताले आलोचना गर्नु लामो समय जनप्रतिनिधि नहुँदा गुम्सिएर बसेका इच्छाहरुको स्वतन्त्र अभिव्यक्ति हुनुपर्छ ।’

नगरपालिकाले विकासका पूर्वाधारमा बढी केन्द्रित रहेर पूर्वाधार निर्माणका कामहरु पहिलो चरणमा सम्पन्न गरेपछि अरु क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गर्ने योजना रहेको मेयर शाहीको भनाई छ । नगरप्रमुख शाहीले वडास्तरीय सडक सञ्जालको विस्तार गरेर नगरका सबै वडामा सडक सञ्जाल सम्पन्न गरेको जानकारी दिए ।

५ करोडको ठूलो बुद्धमूर्तिको योजना

तानसेन नगरपालिकामा सबैभन्दा ठूलो बुद्ध मुर्ति निर्माणको योजना अघि सारिएको छ । श्रीनगरमा विगबुद्ध निर्मााणको अवधारणा ल्याएको उनले जानकारी दिए । ५ करोडको लागतमा निर्माण हुने विग बुद्धको मूर्तिको निर्माणकार्य यसैवर्षबाट सुरु गरिने उनको भनाई छ ।

नगरपालिकोको बसपार्क निर्माणको काम अघि बढेको बताउँदै यसलाई पूरा गर्न केन्द्र र प्रदेश सरकारसँग पहल गर्ने उल्लेख गरे । यस्तै रानी महललाई पुरातात्विक सामग्री र फोटोहरुले भरेर आकर्षक बनाउने, टँुडिखेलको स्तरउन्नतिको काम भइरहेको उनको भनाई छ ।

नगरपालिकाले १५ सय ८८ जनाको निःशुल्क स्वास्थ्य वीमा, बृद्धबृद्धालाई घरघरमा स्वास्थ्य सेवा, विपन्न परिवारलाई लक्षित खानेपानी योजनाका कार्यक्रम सञ्चान गरेको छ । हरियाली नगरपालिका बनाउन १० हजार बिरुवाहरु वितरण गरेको र १७ हजार पु¥याउने लक्ष्य लिइएको उनले बताए । होमस्टेको संख्यामा वृद्धि गर्ने, पर्यटकलाई आकर्षणको केन्द्र बनाउन झण्डै १ सय साना योजनाहरु सम्पन्न गरेको उनले बताए ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...