मकालु बेसक्याम घुम्न गएका २४ बर्षीय युवाको आकस्मिक निधन

जनआवाज अनलाईन, असोज १८

मकालु बेस क्याम्प घुम्न पुगेका एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा खाँदबारी नगरपालिका १–का २४ बर्षीय बिवेक श्रेष्ठ रहेका छन् । उनको बेस क्याम्पबाट फर्किने क्रममा मृत्यु भएको हो।

असोज १२ गते सात जना युवाहरुको टोली जिल्लाको सदरमुकाम खाँदबारीबाट त्यसतर्फ हिडेका थिए।

संखुवासभा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बुढाथोकीका अनुशार बाटोमा सामान्य बिरामी हुँदै गएका श्रेष्ठको सुतेकै बेहोस भएको र हेलिकोप्टरबाट उद्दार गरेर ल्याउँदा आज बिहान अस्पतालले मृत घोषित गरेको उहाँको भनाई छ । श्रेष्ठको लेक लागेर मृत्यु भएको हुन सक्ने बुढाथोकीको भनाइ छ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...