एक लाख १३ हजार नगदसहित  सात जना पक्राउ

कात्तिक २ 

दाङमा एक लाख १३ हजार ५ सय नगदसहित सात जना जुवा खेल्दै गरेको समयमा पक्राउ परेका छन् । प्रहरीले घोराही उमहानगरपालिका वडा नम्बर १७ गुलरिया पार्क नजिकै एक घरमा तास खेलिरहेको भन्ने गोप्य सुचनाका अधारमा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई शुक्रबार साँझ पौने ११ बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिनुभएको छ।

 

पक्राउ पर्नेमा घोराही १५ निवासी २२ बर्षीय पूर्ण वली, सोही ठाउँकै ४४ बर्षीय मेघराज पौडेल, घोराही १६ का ३० बर्षीय शिव केसी, घोराही १२ का २० बर्षीय रविन थापा, घोराही १५ निवासी २७ बर्षीय संजय परियार, घोराही १२ निवासी ३१ वर्षीय अनिल गिरी र घोराही १७ निवासी ४३ बर्षीय भक्त केसी रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेकाको साथबाट ७ गड्डी तास बरामद भएको छ । जसमका मध्य ३ गड्डी खेलको र बाँकी ४ गड्डी नयाँ तास रहेको छ। पक्राउ परेकालाई जुवा सम्वन्धि कसुरमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाउने तयारी भएको प्रवक्ता शाहले बताउनुभयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...