धरानमा बालिकामाथि पटकपटक बलात्कार गर्ने पक्राउ

जनआवाज अनलाईन, असोज २१

सुनसरीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान उपमहानगरपालिका–१६ डेरा गरी बस्ने ४२ वर्षीय बिकास मण्डललाई मङ्गलबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएअनुसार आरोपित मण्डलले ती बालिकालाई पटकपटक बलात्कार गरेका थिए।

 

यो सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...