काठमाडौंमा ७ वर्षीया बालिका बलात्कृत

जनअनवाज अनलाईन, असोज २२

काठमाडौंमा ७ वर्षीया बालिका बालत्कृत भएकी छन्। बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ परेकामा काठमाडौं महानगरपालिका–३२ महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गा पौडेल रहेका छन्। घोराही ४ दाङ घर भएका पौडेललाई बुधबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बालिका बलात्कृत भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले पौडेललाई पक्राउ गरेको थियो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...