बाणगंगामा पनि हलचल ल्याउन  सकिने प्रमुख प्रशासकीय अधिकृतको भनाई 

२ कार्तिक,कपिलवस्तु

तिलोत्तमामा सफल रुपमा लगानी सम्मेलन गर्दा प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गरी अनुभव बटुल्नु भएका सापकोटाको बाणगंगामा आगमनलाई विशेष रुपमा लिएको छ ।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बाणगंगामा पनि हलचल ल्याउने गरी काम गर्ने बताउनु भएको छ ।

तिलोत्तमा नगरपालिकामा लगानी सम्मेलन गर्न प्रमुख प्रशासकीय अधिकृतको रुपमा भूमिका निर्वाह गर्नुभएका सापकोटाले बाणगंगामा कुनै एक क्षेत्रमा लगानी सम्मेलनको आयोजना गरी हलचल ल्याउन सकिने बताउनु भएको हो ।

तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेजस्तै बाणगंगा नगरपालिकामा पनि केही त्यस्तो गर्न सकिन्छ कि भन्ने जिज्ञासामा सापकोटाले भन्नुभयो ‘ विभिन्न परियोजनाका एक क्षेत्र जस्तै पर्यटनमा यस क्षेत्रमा पनि लगानी सम्मेलन गर्न सकिने र त्यसको पूर्वाधारको कामहरु आफूले सुरु गरीसकेको बताउनुभयो ।

रोटरी मिडटाउनका पूर्व अध्यक्ष वासुदेव घिमिरेले कसैलाई काखा र कसैलाई पाखा नभनी सबैलाई समान दृष्टिकोणले हेर्दै काम गर्नुपर्ने सुझाव दिनुभयो ।रोटरी क्लबका इलेक्ट प्रिजडेन्ट टोपनारायण भण्डारीले रोटरी यस क्षेत्रको स्थापित क्लब भएको र नगरपालिकासँग सहयोग र सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो । 

रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनले शनिबार गरेको रेगुलर मिटिङ्गको अतिथि वक्ताको रुपमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत सापकोटाले यी धारणा राख्नुभएको हो ।

सापकोटाले सकारात्मक सोच र राम्रो काम गर्न सामाजिक संघसंस्थाहरुले घचघचाउनु पर्ने र राम्रो कामको लागि आफूले सधैं साथ सहयोग र समर्थन गर्ने बताउनुभयो ।

 

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...