नगर प्रमुख श्रेष्ठद्धारा चाड पर्व मर्यादित तरिकाले मनाउन आग्रह ।।

गणेश पोख्रेल

कपिलवस्तुको बुद्धभुमी नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिका वासी ,आमा ,बुवा ,दाजु ,भाई ,दिदी, बहिनीहरुमा बिजया दशमी शुभ दिपावली तथा छट पर्वको सबैमा शुभकामना व्यक्त गर्नु भएको छ ।

एक बक्तव्य मार्फत शुभकामना दिदै उहाँले चाड पर्वलाई भड्कीलो तरिकाले भन्दा पनि सामान्य तरिकाबाट मनाउनु पर्ने कुरामा जोड दिनु भएको छ । भने चाड पर्व संगै बिकृती बिसंगती जस्ता कुरालाई भित्रन नदिन मनोरञ्जनको नाममा जुवा तास खेल्ने चाड पर्वको नाममा मदिरा सेवन गर्ने जस्ता कार्य पर्बको नाममा बिकृती भित्राउने बाटोहरु भएकोले यस्ता गलत कार्यलाई टाडा राखि सभ्य र मर्यादित किसिमबाट चाड पर्वलाई मनाउन सबैमा आग्रह समेत गर्नु भएको छ ।
उहाँले चाड पर्व भनेका आपसी भाईचाराको सम्बन्ध सद्भाव कायम संस्कृतीको जगेर्ना गर्नका लागि चाड पर्व मनाईने हुदा यसलाई सभ्य मर्यादित भई मनाउन आग्रह गर्नु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...