कर्णालीलाई विकासको मूल प्रवाहमा समावेश गर्ने प्रक्रिया भएको मन्त्री बस्नेतको दावी

कात्तिक २ 

संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीलाई राष्ट्रिय विकासको मुल प्रवाहमा समावेश गर्ने प्रक्रिया जारी रहेको बताउनुभएको छ। सबै भन्दा सबै हिसाबले पछि परेको कर्णालीलाई तत्काल रातारात विकास गर्न नसकिने भन्दै मन्त्री बस्नेतले विकासको मार्गचित्र कोरिसकेको मन्त्री बस्नेतले बताउनुभयो।

गृह जिल्ला जाजरकोट जाने क्रममा सुर्खेत विमान स्थलमा प्रेस संगठन सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले हिजोको अस्थिर राजनीतिक अवस्थाका कारण कर्णालीको विकासको स्पष्ट खाका बन्न नसके पनि अब विकास निर्माणका लागि कुनै कसर बाँकी नरहने बताउनुभयो।

‘विगतका सरकारहरू १ वर्ष पनि नटिक्ने गरेकाले विकासको उचित खाका बन्न नसकेको हो’ मन्त्री बस्नेतले भन्नुभयो, ‘अवका पूर्ण बहुमतको सरकारले विकास निर्माणमा कुनै कसर बाँकी राख्दैन। तपाइँहरू ढुक्क हुनुहोस्।’ विशेष गरी कर्णालीको समृद्धिका लागि राष्ट्रिय एजेन्डा बनाई अघि बढेको मन्त्री बस्नेतको भनाई छ।

वर्तमान सरकार जनचाहना अनुरुप काम गर्न प्रतिवद्ध रहेको भन्दै उहाँले चालु आर्थिक वर्ष मुलुकको विकासका लागि महत्वपूर्ण रहने दावी गर्नुभयो। संघीयताको मर्म अनुसारका संरचना निर्माण र कानुन निर्माणमा समय खर्चनु परेकाले विकासले गति लिन नसकेको स्वीकार गर्दै मन्त्री बस्नेतले अव भने प्रदेशको पुनसंरचना निर्माणको काम द्रूत गतिमा हुने बताउनुभयो।

‘कानुन निर्माण र संररचना निर्माणमा सरकारले अहिलेसम्म समय खर्च गरेको छ। जुन आवश्यक थियो’ उहाँले भन्नुभयो, ‘अव विकासले तीव्र गति लिन्छ।’ पूर्व अभ्यास नभएकोले प्रदेश सरकारलाई काम गर्न कठिनाई भएको उहाँको भनाई थियो। पार्टीको एकताको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उहाँले केही स्थानीय तहमा एकीकरणले व्यवहारिक लिदै गरेको बताउनुभयो।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...