असंवैधानिक कदम सच्याउन कांग्रेसले सडक संघर्ष गर्ने

पुस २० गते काठमाण्डौ

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम सच्याउन कांग्रेसले पनि सडक संघर्ष कै बाटो रोजेको छ । अदालतको फैसला पूर्व सशक्त आन्दोलन नगर्ने मनस्थितिमा रहेका पार्टी सभापति शेरबहादुर देउवा चौतर्फी दबाबले घेरिए पछि आन्दोलनमा जान सहमत हुनु भएको थियोे ।

कांग्रेस केन्द्रीय कार्य समितिको आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा उहाँलाई मनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सहितका नेताहरू निरन्तर लागि रहनु भएको थियो । कांग्रेस कै नेतृत्वमा अरू पार्टी आएमा संयुक्त सडक संघर्षमा समेत जान सक्नु पर्ने बताउनु भएको थियो।

कोरोना संक्रमणबाट मुक्त भए पछि सिटौलाले शनिबार देउवालाई उहाँको निवासमा भेटेर आन्दोलनको विकल्प नभएको सुझाएका दिनु भएको थियो। संसद् पुनःस्थापना नहुने र निर्वाचन पनि नगराउने परिस्थितिको आकलन गर्दै सिटौलाले पार्टीलाई दोधारमा नराखेर तत्काल आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्नेमा जोड दिनु भएको थियो । सिटौला सँगको भेटमा देउवाले पनि सडक संघर्षका कार्यक्रम घोषणा गर्न आफू तयार भएको जवाफ दिनु भएको थियो ।

सडक संघर्षमा जान सभापति देउवालाई मनाएर आइतबारको केन्द्रीय कार्यसमितिको बैठक सुरु गरिएको थियो । केन्द्रीय कार्य समितिको बैठकले अनुमोदन गरेको हो । कांग्रेसले पुस २५ गते शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रकेन्द्रित विरोध प्रदर्शन र सभा आयोजना गर्ने निर्णय गरेको छ । माघ ३ गते ७ सय ५३ पालिका र माघ ८ गते देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरेको छ । जिल्ला र पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूले केन्द्रसँगको समन्वयमा छुट्टै कार्यक्रम तय गर्न निर्देशन समेत दिइएको छ ।

अबको आन्दोलन सशक्त हुन्छ । असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको आन्दोलन भन्नुको अर्थ त्यसलाई सच्याउनु हो । त्यो भनेको संसद् पुनःस्थापनाकै लागि हुने आन्दोलन हो । अदालतलाई पनि हाम्रो यही अपिल छ,’ पौडेलले भन्नु भयो ‘संसद् पुनःस्थापनाले मात्रै संविधानलाई बचाउन सक्छ । पार्टीको संघर्ष पनि संविधान र लोकतन्त्रका उपलब्धिलाई बचाउनेमा केन्द्रित छ ।’ सिटौलाले संसद् विघटनलाई असंवैधानिक र गैरलोकतान्त्रिक कदम भनिसके पछि त्यसलाई सच्याउनुपर्छ भन्ने नै कांग्रेसको धारणा रहेको बताउनु भयो । ‘असंवैधानिक कदमलाई बदर गर्नु पर्छ भनिसके पछि संसद् पुनःस्थापना गर्नु पर्छ भन्न नै खोजेको हो,उहाँले भन्नु भयो यसलाई लिएर धेरै अन्योलमा पर्न पर्दैन ।

सिटौलाले प्रधानमन्त्री केपी ओलीको पार्टी संगठन तिरको ध्यान, निर्वाचन आयोगको तयारी लगायतले वैशाखमा निर्वाचन हुने र संसद् पुनःस्थापनासमेत नहुने अवस्थाले राजनीतिमा कालो बादल मडारि रहेको आफूले देखेको बताउनु भयो। कालो बादललाई हटाउने उपाय नै आन्दोलन हो । कथंकदाचित निर्वाचन हुने नै भयो ।भने आन्दोलनलाई त्यतै तिर डाइभर्ट गरौंला । संसद् पुनःस्थापना भयो भने खेल्ने तपाईं नै ९देउवा० हो, खेल्नुहोला,’ बैठकमा सिटौलाको भनाइ थियो, ‘तर अहिले आन्दोलनको विकल्प छैन । आन्दोलनले पार्टीको संगठन पनि बनाउँछ । संविधान र राजनीतिक व्यवस्थालाई बचाउने काम पनि गर्छ ।’

असंवैधानिक कदम चाल्ने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई संविधानको मातहत ल्याउनका लागि पनि संसद् पुनःस्थापना हुनुपर्ने बताउनु भयो । देउवाले पुनःस्थापनाको उच्चारण नगरीकनै प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध आन्दोलनमा जाने धारणा राख्नु भएको थियो।

कांग्रेसले अन्य राजनीतिक दलबाट कांग्रेसमा विलय भएका कार्यकर्ताहरूका लागि पार्टीको क्रियाशील सदस्यताको वितरण सम्बन्धी विवादसमेत टुंगाएको छ । बैठकले केन्द्रीय कार्यालयबाट सम्बन्धित जिल्लामा पठाइएका र पठाउने प्रक्रियामा रहेका क्रियाशील सदस्यताका नामावलीलाई समायोजन समितिले अन्तिम टुंगो गरेबमोजिम केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको छ । उपसभापति विमलेन्द्र निधि संयोजक रहेका समायोजन समितिले विवादका विषयलाई अनौपचारिक संवादबाट शनि बारै हल गरेर केन्द्रीय कार्य समितिमा प्रस्ताव लगेको थियो ।

त्यस्तै पार्टी महाधिवेशन तयारीका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्यलाई थप दुई महिना बढाइएको छ । यसअघि सबै जिल्लालाई मंसिर मसान्तभित्रमा क्रियाशील सदस्यताको सूची पठाउन समय दिइएको थियो । तोकिएको समयमा आधा दर्जन जिल्लाबाट समेत क्रियाशील सदस्यता नआएपछि पार्टीले माघ मसान्तसम्मको समय थपेको हो । केन्द्रीय महाधिवेशनको तालिका भने अझै पनि अन्योल छ । वैशाखमा आमनिर्वाचन हुने भएमा भदौमा र वैशाखमा निर्वाचन नहुने भए वैशाखरजेठमा महाधिवेशन गराउने बारे नेताहरू बीच छलफल भएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...