स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँ सहित दुई जना पक्राउ

पौष २१ गते

स्रोत नखुलेको झण्डै डेढ करोड रुपैयाँ सहित काठमाण्डौको थानकोटबाट दुई जना पक्राउ परेका छन् । कपिलवस्तुबाट काठमाण्डौ गइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ सहित भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले जनाएको छ ।


उनीहरूले कारको डिक्कीमा टायर मुनि तथा कारको विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ ।भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक–पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...