कपिलवस्तुको सिद्दिपुरमा लागु औषध सहि १ जना पक्राउ

पौष २४ गते कपिलवस्तु

कपिलवस्तुको जिल्लाको बाणगंगा नगरपालिकामा लागु औषध सहि १ जना पक्राउ परेका छन् ।  ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङको कमाण्डमा खटिएको टोलिले बाणगंगा नगरपालिका वडा नं.४ सिद्दिपुर बाट १ जनालाई रंगेहात पक्राउ गरेको हो । गोप्य जानकारीको आधारमा विहिवार साँझ गरिएको अप्रेशनमा रिना सेनको घर कोठामा लागु औषध प्याकिङ गर्दै गरेको भनि स्थानिय द्धारा सुचना पाए पछि ती युुवकलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताउनु भयो।

पक्राउ पर्नेमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.३ ठाटिका ३१ बर्षिय रिषी थारु रहेका छन् । उनी सिद्दिपुर होराईजन स्थित रिना सेन को घरमा काम गरी बस्ने गरेको खुलेको छ । लागु औषध कारोवारमा रिना सेन पनि संलग्न रहेको प्रहरीले जनाएको छ । खान तलासि बाँकि रहेकोले उनको घरको एउटा कोठा स्थानिय, जन प्रतिनिधीको रोहबरमा सिल गरीएको छ ।

थारुले प्याकिङ गर्दै गर्दा १.९५० ग्राम ब्राउन सुगर बरामद गरीएको ईलाका प्रहरी कार्याल पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङ्ले बताउनु भयो । उहाले आफु लागु औषध रहित समाज निर्माण गर्ने उद्देश्यले काम गरेको र कसैले पनि डर नमानी  प्रहरीलाई गोप्य सुचना दिन आग्रह गरेका गर्नु भएको छ। उहाले पछिल्लो समय लागु औषध कारोवारी र सेवन कर्ताहरु लाई  दैनिक नियन्त्रणमा लिन सफल भएका छन् । जसले गर्दा बाणगंगामा लागु औषध केहि हद सम्म कमहुन सक्ने अनुमान गरीएको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...