नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क ले गर्यो संसद विघटन विरुद्ध विरोध तथा प्रर्दशन

पौष २६ गते कपिलवस्तु

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क ले कपिलवस्तुको पचेहरामा संसद विघटन विरुद्ध विरोध तथा प्रर्दशन सहित विरोधसभा सम्पन्न गरेको छ । विरोध सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य अत्तर कमाल मुसलमानले केपी ओलीले प्रतिनिधिसभाको विघटन संविधानलाई कुल्चीएर यस्तो प्रताव ल्याएको र ओलीकै कारण देशलाई ठुलो दुर्घटना तर्फ धकेल्न खोजेको आरोप लगाउनु भयो ।

उहाँले भ्रटाचारमा लिप्त रहेको ओली सरकारले आम जनताको आखाँमा छारो हाल्ने काम गरेको पनि बताउनुभयो । खोक्रो राष्ट्रवादको पछि नलाग्नका लागि उहाँले आम जनतामा आग्रह पनि गर्नुभयो । लोकतन्त्र समाजवादको वचाउनका लागि नेपाली कांग्रेसले सदैव जस्ता सुकै संर्घस गर्न तयार रहेको पनि नेता मुसलमानको दावी रहेको छ ।
यस्तै कार्यक्रममा भारतका लागि पुर्व नेपाली राजदुत दिपकुमार उपाध्यायले संसद विघटन विरुद्धको कदमलाई सच्चाउनका लागि नेपाली कांग्रेस सडकमा उक्रिएको बताउनुभयो । यो कमद नसच्चाए सम्म कांग्रेसले सडकबाटै विरोध गर्ने उहाँको भनाई रहेको छ । धेरै परिवर्तन सडक बाटै भएको हुदा प्रधानमन्त्री ओलीका कारण निम्तिएको पछिल्लो कदमको पनि सडकबाटै सच्चाउनका लागि दवाब सिर्जना गर्नुपरेको उहाँले बताउनु भयो । यस्तै विरोध सभामा कांग्रेस निकट भातृ संस्था,कृर्षि श्रमिक संंघ केन्द्रीय अध्यक्ष विमला गैरेले सरकारको गलत निर्णले जनताको मतलाई अपहेलना गर्ने र प्रधानमन्त्री र राष्ट्रपतिले पदको दुरुपयोग गर्दै आफनो दम्भको कारण देशलाई कंगाल वनाउन तर्फ लागेको आरोप लगाउनु भएको छ ।


यता नेपाल तरुणदल जिल्ला अध्यक्ष शक्ति सिँह ठकुरीले पनि वर्तमान सरकार संस्थागत भ्रटाचार र कार्यकर्ता पालन पोषणमा मात्रै व्यस्त रही सरकारको ढुकुटी सिद्धाउने खेलमा लागेको आरोप लगाउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रस प्रदेश सभा क्षेत्र नं. १ क का क्षेत्रीय सभापति शालिकराम थारुको अध्यक्षता सहित नेपाली कांग्रेसका केन्दीय सदस्य तथा प्रतिनीधी सभा सदस्य अत्तहर कमाल मुसलवानको प्रमुख आतिथ्यता, पुर्व राजदुत तथा नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायको विशिष्ट आतिथ्यता ,महिला संघ केन्द्रीय सदस्य इन्दीरा भट्टराई , वाणगंगा नरपालिकाका नगर सभापति मंगल प्रसाद थारु, नेपाल तरुणदल क्षेत्र नं. १ का सभापति तिलक थापा, नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेल , नेपाल प्रेस युनियनका कपिलवस्तु शाखाका कोषाध्यक्ष गुरुदेव पौडेल, नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १ क का प्रेस सल्लाहकार गणेश पोख्रेल लगायतको उपस्तथीती रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. १क का क्षेत्रिय सचिव प्रेम नारायण पौडेलले गर्नु भएको थियो ।


यस्तै कार्यक्रमलाई सम्बोधन गरेका अन्य नेता तथा कार्यक्रताहरुले प्रधानमन्त्ती ओलीले संसद विघटन गरेर संविधान र प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाएका थिए । निरंकुश बन्ने सपना पलाएको तर नागरिकले ओलीका सपनालाई ध्वस्त बनाइदिने कांग्रेस नेताहरुको ठहर रहेको छ । कांग्रस केन्द्रिय समितिको पछिल्लो बठकको निर्णय अनुसार देशभर विरोध तथा प्रर्दशनमा उत्रिएको नेपाली कांग्रेसले माघ ३ गते र ८ गते पनि देशभरका स्थानिय तह र वडाहरुमा पनि बिरोध सभा र प्रर्दशनको पनि घोषणा गरेको छ ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...