लागु औषधको जालो तोड्न इलाका प्रहरी कार्यालय पिपरा सक्रिता

पौष २७ गते कपिलवस्तु

कपिलवस्तुको बाणगंगा नगरपालिकामा ४ मा लागु औषध ९ड्रग्स० को जालो तोड्न इलाका प्रहरी कार्यालय पिपरा सक्रिता वडाएको छ ।
पछिल्ला केही हप्ता लागु पदार्थ कारोबारीको अखडा खोज्न अनुसन्धानरत प्रहरीले धमाधम कारोबारी समात्न सफल भएको हो ।

बाणगंगा ४ ठाकुरापुरबाट आइतबार लागु पदार्थको कारोबारमा संलग्न एक दुई दम्पतिलाई नै प्रह्रीले पक्राउ गर्न सफल भयो ।

गोप्य सूचनाको आधारमा प्रहरीले १ ग्राम १ सय ५० मिलिग्राम सहित ठाकुरापुरका ४२ बर्षाक पारस विश्वकर्मा र उनकी श्रीमती ३७ बर्षकी आरतीदेवी विकलाई पक्राउ गरिएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

प्रहरीले आज दिउसो ४ बजे उनीहरुको घरमा प्रहरीले खनतलासी गरेको थियो । उनीहरुको साथबाट ६६ हजार ६ सय १५ रुपैयाँ पनि बरामद गरिएको गुरुङले बताउनु भयो ।

प्रहरीले गोप्य सुचनाको आधारमा उनीहरुलाई लागु औषध कारोबार गर्ने ठुलै गिरोह संग संलग्न रहेको सुचनाका आधारमा उनीहरुलाई लागु औषध सहित प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान पछि उनीहरु माथि लागु पदार्थ नियन्त्रण ऐन अन्तर्गत मुद्धा चलाइने तयारी भइ रहेको प्रहरी निरिक्षक गुरुङले वताउनु भयो ।

पछिल्लो ९ दिनमा प्रहरीले आज समातिएका बाहेक वडा नम्बर ४, ७ र ८ बाट ५ जनालाई नियन्त्रणमा लिइ सकेको छ । तीमध्ये ३ जनाविरुद्ध मुद्धा चलिसकेको प्रहरी निरिक्षक गुरुङले वताउनु भयो ।

तपाइ मन पर्न सक्ने अन्य
टिप्पणीहरु
लोडिङ...